मन्त्रिपरिषद् विस्तार सोमवार हुने: प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताएका हुन ।

प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गुनासो गरेको पनि बताए । रासस