नेपाल किन आउँदै छन, भारतीय प्रधानमन्त्री मोदी ?

दुई देशबीचको सम्बन्धमा सुधार आउने विश्वास

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो पटक नेपाल आउने भएका छन । प्रधानमन्त्री मोदी नेपाल–भारत लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने भएका हुन ।

काठमाडौंमा आयोजना हुने नेपाल–भारत लगानी सम्मेलन सेप्टेम्बरको पहिलो साता हुने भएको छ । यस भन्दा पहिले अगस्टमा गर्ने भनिएता पनि प्रधानमन्त्री मोदीको समय तालिकालाई मध्यनजर गर्दै सेप्टेम्बरमा सारिएको महासंघकी अध्यक्ष भवानी राणाले बताएकी छन ।

राणाले भनिन्–‘पश्चिम बंगाल र नेपालबीचको व्यापार तथा पर्यटनलाई बढाउन एक्स्पो गरिने भएको हो । यसले दुवै मुलुकबीचको व्यापार तथा पर्यटन विस्तारका सम्भावना र अवसर खोज्दै ठोस कार्ययोजना बनाउनेछ ।’

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआइआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको छ । यसरी दुई देशबीच सहकार्य गर्दा छिमेकी राष्ट्रसँगको सम्बन्धमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।