रुसविरुद्ध प्रतिबन्ध लगाउन राष्ट्रपति ट्रम्प सहमत

नयाँ विधेयकमाथि छलफल हुँदै

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट् हाउस्‌ले रुसविरुद्ध प्रतिबन्धहरु लगाउने विषयमा अमेरिकी कंग्रेसका दुवै पक्षबीच भएको सहमतिलाई समर्थन गर्ने बताएका छन।

गत वर्षको राष्ट्रपतीय चुनावमा गरिएका भनिएका रुसी हस्तक्षेपलाई लिएर उविरुद्ध कारबाही गरिनुपर्ने आवाजहरु उठिरहेको बेला रुसविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गर्दै नयाँ विधेयकमाथि छलफल भइरहेको हो।

ह्वाइट् हाउस‌्की एक प्रेस अधिकारी सराह हुकाबी स्यान्डर्सले ट्रम्प प्रशासनले त्यसबारेको विधेयकको प्रारम्भिक मस्यौदाका केही शब्दप्रति शुरुमा आपत्ति जनाइएको भएपनि अन्तिम खाकाप्रति कुनै समस्या नरहेको बताइन्।

सो विधेयकप्रति अमेरिकी कंग्रेसका दुवै पक्षको समर्थन प्राप्त छ। यसअघि सो विधेयकलाई ह्वाइट् हाउस्‌ले समर्थन गर्ला कि नगर्ला भन्नेबारे संशय देखिएको थियो।

राष्ट्रपतीय चुनावमा भएको भनिएको हस्तक्षेपलाई लिएर रुसविरुद्ध कारबाही गर्नु पर्ने पक्षमा वासिङटनमा लगातार आवाजहरु उठिरहेका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)