दोलखामा भुकम्पको परकम्प, रामेछापमा ठूलो धक्का

काठमाडौं । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ ।

आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलो धक्का महसुस भएको जनाइएको छ ।

२०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । रासस