भिडियो सहित हेर्नुहोस्ः सरकारको खोजिमा चलचित्रकर्मी सडकमा

सुन्दर शहर बनाउनु पर्नेमा जोड

काठमाडौं । काठमाडौं उपत्यकाको व्याप्त प्रदुषण अन्त्य र जीर्ण सडक सुधार गराएर सुन्दर शहरको निर्माण गर्नुपर्ने भन्दै चलचित्रकर्मिहरुआन्दोलित भएका छन ।

लामो समयदेखी काठमार्डौको सडकहरुमा धुवाँ, धुलो र खाल्डा खुल्डीहरुको ब्यवस्थापनमा सरकारी निकायको ध्यान नपुगेको र आम नागरिकहरुले सास्ती खेप्नु परेको भन्दै सम्पूर्ण चलचित्रकर्मि तथा आम नागरिकहरु आन्दोलित भएका हुन ।

LOADING...

चलचित्रकर्मि नवल खड्काले मुलुकमा सरकार भए नभएको जनताले अनुभव गर्न नसकेको भन्दै सरकारलाई समस्याहरु समाधान गर्नका लागि आफुहरुले सांकेतिक विरोध गरेको बताए ।

उनले स्वच्छ वातावरणमा बाँच्न पाउनु हरेक नागरिकको नैसर्गीक अधिकार भएपनि सरकारले त्यसको ब्यवस्थापनमा ध्यान नदिएको, आफ्नो जिम्मेवारी र कर्तव्य बाट पछिन्न खोजेको बताए ।

उनले जनस्तरमा सरकारको अनुभूति हुन नसकेकाले सबै चलचित्रकर्मिहरु माइतिघर मण्डलाबाट सरकारको खोजिमा निस्केको र पहिलो चरणमा सांकेतिक विरोध गरेको जनाए ।

उनले भने–‘हाम्रो गर्वलाई धुवाँ, धुलो र हिलोले धुमिल गर्दैछ, खासगरी राजधानीको अव्यवस्थाले यहाँको सुन्दरता र स्वच्छतामा असर गरेको छ । राज्यले त्यसमा ध्यान दिनुपर्छ ।’

त्यसै गरी कार्यक्रममा राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियानका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता हेमन्त सेढाईले पनि सरकार आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको भन्दै राजधानीको सडकको अवस्थामा सुधार गर्न आग्रह गरे ।

उनले राजधानीको सडकले नेपालीको पहिचान र प्रतिष्ठालाई बिगार्ने भएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोडदिए । उनले मुलुक बनाउन युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै राष्ट्र निर्माणमा सबैलाई जुट्न आग्रह गरे ।

LOADING...

लोकप्रिय कलाकार बसुन्धरा भुषालले पनि राज्यले राजधानीका सडकमा ध्यान नदिएको भन्दै त्यसको सुधारका लागि चलचित्रकर्मिहरुले सडकबाट आवाज उठाउनु परेको बताइन । उनले सबै मिलेर मुलुकको प्रतिष्ठा बढाउनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा सहभागिहरुले सरकारहरुको अवैज्ञानिक भू–उपयोग, अव्यवस्थित वसोवास र अनियन्त्रित शहरिकरण योजनाहरुले दिनप्रतिदिन नेपालका शहरोन्मुख वस्ती लगायत काठमाडौ उपत्यकाको गरिमामा आँच पुर्याइरहेको बताएका छन् ।

उनीहरुले सवारी साधनको चाप बढेसँगै धुलो धुँवाको मात्रा आकास्सिएको र प्रदुषण मापन गर्ने, नियन्त्रण गर्ने काम नभएकोले समस्या बढेको औल्याएका छन।

LOADING...

खानेपानी, विद्युत, दुरसंचार लगायतको संस्थाहरुले विना समन्वय पटकपटक सडक खन्ने काम गर्नाले बर्षौसम्म सडकमा खनिएका खाल्डा नपुरिने र वातावरण प्रदुषण बढेको छ । सरकारी तहमा समन्वय हुन नसक्नु र भएका नियम कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नाले यस्तो स्थिति हुनगएको हो ।

यसले उपत्यकावासीको स्वास्थ्यमा गम्भीर असर पारेको छ, यस्तो भयत्रासका कारणले पर्यटकहरु उपत्यकामा रहन चाहँदैनन् । सडकको जीर्ण अवस्था र जामले समयमा तोकिएको स्थानमा कुनै पनि यातायातपरिवहन पुग्न सक्दैनन् । जसले आम नागरिकहरुको व्यक्तिगत स्वास्थ्य लगायत जीविकोपार्जनमा समेत धेरै नकारात्मक असर पारिरहेको छ, उनीहरुद्धारा जारी गरीएको विज्ञप्तिमा बताइएको छ ।

LOADING...