साझा र विवेकशील पार्टीबीच आज पार्टी एकता हुने

केन्द्रीय समिति ५१ सदस्यीय बनाउने निर्णय

काठमाडौं । उज्ववल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच आज औपचारिक कार्यक्रमको आयोजना गरेर पार्टी एकता हुने भएको छ ।

पछिल्लो समयमा वैकल्पिक शक्तिको रुपमा स्थापना भएका यी दुई पार्टीहरु एकीकरण भएर विवेकशील साझा पार्टी (वा दल) हुने भएको छ। मंगलबार दुवै पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी पार्टी एकताको घोषणा गरेका हुन ।

उक्त दुई पार्टीबीचको छलफलले पार्टीको नाम के हुने र नेतृत्व कसले गर्ने भन्ने विषयमा आज एक औपचारिक कार्यक्रममा पत्रकार सम्मेलन गरेर आन्तरिक निर्णयलाई सार्बजनिक गर्ने भएका छन ।

श्रोतका अनुसार पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७/१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिने निर्णय भएको छ ।