घातक बन्दै मौसमी इन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

काठमाडौं । राजधानीका अस्पतालमा इन्फ्लुएन्जा ९एच१एन१ पिडिएम ०९० भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ ।

स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रूप लिएपछि उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एचएन पिडिएम  भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङ्जाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रूप लिएको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाब दिएका छन् । विगतमा सुँगुरबाट एचएन भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

संक्रमित हुनासाथ फोक्सोमा खराबी
सिजनल इन्फ्लुएन्जा एचएन पिडिएम ९ ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.शेरबहादुर पुनले जानकारी दिए ।

यसलाई नेपालमा निकै बेवास्ता गरेको जस्तो देखिन्छ । भारतमा एच एन पिडिएम ९ भाइरस निरन्तर दिखिँदै आएको छ,’ उनले भने ।

सुँगुरबाट होइन, मानिसबाटै फैलियो
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एच१एन१ पिडिएम ०९ कुनै नयाँ रोग नभएको बताएको छ ।

उनका अनुसार क्षयरोग भएका, स्वासप्रस्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मृगौला फेल भएका, डायलासिस गरिएका, ६५ वर्षमाथि र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला यसको उच्च जोखिममा पर्ने गरेका छन् ।

सुँगुरमा समस्या छैन
भेटेरेनरी इपिडिमियोलोजी केन्द्रका प्रमुख डा।मुकुल उपाध्यायले सुँगुरमा कुनै रोग नदेखिएकाले स्याङ्जामा देखिएको मौसमी इन्फ्लुएन्जालाई स्वाइनफुलु भन्न नमिल्ने बताए । ‘स्वाइन फ्लु अहिले देखिएको छैन ।

औषधिले समेत काम गरेन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकी लागेका बिरामी आउने गरेका छन् । उनीहरूलाई औषधिले समेत काम नगरेको चिकित्सक बताउँछन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।