हेर्नुहोस्, महानगरप्रहरीको रकम असुली धन्दाबारे यस्तो खुलासा: किन मौन छ महानगरपालिका ?

ब्यापारीहरु भन्छन–‘मासिक पाँच सयदेखि पाँच हजारसम्म असुल्छनः चन्दा नतिर्नेको उठिबासँ लाउँछन’

काठमाडौं । राजधानीको धुँवा, धुलो र सवारी जाम त्यसमाथि फटपाथका ब्यापारीका कारण पैदल यात्रुलाई हिड्न साह्रै गाह्रो हुन्छ, यो सत्य हो । हामी आफैले भोगेको पिडा पनि हो यो, तर नगरको सुब्यवस्थापनको लागि परिचालन गरिएका नगरप्रहरीहरु तिनै सडक ब्यापारीहरुलाई सडकमा सामान बेच्ने ठाउँ दिएबापत रकम असुल्छन, आफुलाई रकम नदिए कार्वाही गर्ने भन्दै डर र त्रास देखाउँछन, अनि खल्ती भर्छन । यो अझै बिडम्बनाको कुरा पनि हो ।

पछिल्लो समयमा महानगरप्रहरीका यस्ता हर्कतहरुको बारेमा घटनाहरु सार्वजनिक भएका छन, पैसा लिएको कुरा पिडित ब्यापारीहरुद्धारा खुलासा भएका छन, विभिन्न स्थानमा नगरप्रहरीको रकम असुलि धन्दा चलेको बारेमा सामाजिक सञ्जाल र पत्रपत्रिकाहरु मार्फत समेत खबरहरु चुहिएका छन ।

LOADING...

यस्ता घटनाहरु नियन्त्रण कस्ले गर्ने ? महानगरप्रहरीको अनुगमन गर्ने निकाय छ कि छैन ? सामाजिक सञ्जालमा भाइरल भै रहेका छन, भिडियो समाचार आइरहेका छन, तरपनि त्यस विषयमा महानगरपालिका भने नाजवाफ देखिन्छ । किन बोल्दैन महानगरपालिका यो विषयमा ? आफ्ना कर्मचारीहरुलाई नियन्त्रणमा राख्न सक्दैन वा सडकमा ब्यापार गरेर दुई गासँको जोहो गर्नेहरुबाट असुलिने रकम माथिल्लो स्तरसम्म भागबन्डा हुन्छ ? यस्ले पनि धेरै खालका प्रश्नहरु जन्माएको छ, आम नागरिकसँग ।

आजभन्दा दुई हप्ता अघि महाराजगञ्ज चोक नजिकै रहेको शंखपार्क अगाडि महानगरपालिका प्रहरी र एक जना पानीपुरी ब्यापारीबीच आरोप प्रत्यारोपको अवस्था भयो, हरपल नेपाल डटकम टिम पनि त्यहाँ पुग्दा राजिक कुमार, जो पानीपुरी ब्यापारी हुन, उनीलाई नगरप्रहरीले धकल्दै थिए, उनको सामान फाल्ने, ठेला उचाल्ने, तान्ने गरिरहेको हामीले देख्यौ । के भएको हो भनि सोध्दा राजिवले त्यहाँ पानीपुरी बेचे वापत नगरप्रहरीले मासिक तीन हजार मागेको र आफुसँग अहिले छैन भनेका कारण आफुलाई हटाउन खोजेको बताए । जहाँ त्यो घटना भएको थियो, त्यसको नजिकै अरु पनि साना लगानिका ब्यावसायीहरु थिए तर नगरप्रहरीको नजर त्यहाँ पुगेको देखिएन, किन ? त्यस्ले पनि त्यहाँ भएका धेरैले आशं गरे । त्यहाँ मानिसहरुको बाक्लो भिड बढेपछि नगरप्रहरीका सई पार्क भित्र लुकें, मिडियासँग पनि नाजवाफ रहें भने असई नारायण दाहाल पनि नाजवाफ नै भएका थिए । तर सवारी चालक कुमार तामाङले भने आफुले पैसा नमागेको खुलेरै बोले ।

त्यहाँ जम्मा भएका ब्यापारी र नागरिकहरुको अगाडि नगरप्रहरीका सई (दौलत भनिने) ले किन आफुले कसैबाट पनि पैसा खाएको छैन भन्ने आट गरेनन् ? मिडियाले बोल्नुस के हो सत्य भन्दा किन पार्कबाट बाहिर आएनन ? यसले पनि त्यहाँ उपस्थितहरु नगरप्रहरीले पैसा मागेकोमा सहमत भएका थिए, त्यतिबेला ।

LOADING...

घटना त्यतिमै रोकिएन, जब हरपल नेपाल डटकम, न्युज २४ टिभि लगाएतका सञ्चारमाध्यमहरुले नगरप्रहरी कमाउ धन्दामा लागेको भन्दै समाचार सामाग्री प्रकाशन, प्रसारण गरे, अनि त्यो सामाजिक सञ्जालमा भाइरल समेत बन्यो, त्यसपछि पुन आफ्नो पोल खोलेको भन्दै नगरप्रहरीले ती राजिव कुमारको सर्चमा टोलि नै परिचालन गर्यो, तर राजिवले ब्यापार गर्ने ठाउँ सारेका कारण सजिलै भेटाउन सकेनन, पछि नयाँ ठाउँमै गएर उसको रोजिरोटिको साधन ठेलागाढा लगाएतका सामानहरु उठाएर लग्यो । सामान लग्दा प्रहरीले पैसा उठाएको पोल खोलेको कारण कार्वाही गरिएको भन्दै आफुलाई थर्काएको उनले हरपलसँगको कुराकानीमा बताएका छन ।

महानगरपालिकाको नगरप्रहरी प्रमुख बिष्णु प्रसाद जोशीले राजिवले आफ्नो संगठनमाथि गलत आरोप लगाएको भन्दै आफ्ना कर्मचारीको बचाउ गर्ने प्रयत्न गरें तर त्यो आरोप एक्ला राजिवको मात्र भने होइन । हामीले यो विषयमा काठमाडौं महानगरपालिकाका धेरै स्थानमा सडक ब्यापार गर्नेहरुसँग सोधेका छौ, ‘नगरपालिकाका प्रहरीले पसल चलाए बापत के तपाईहरुसँग पैसा माग्छन त ?’ अधिकाशं ब्यापारीहरुले गोप्य रुपमा पैसा लिने गरेको खुलासा गरेका छन । उनीहरु मध्ये कतिपयले भिडियोमा बोल्न डराएको र नाम, ठेगाना खुलेमा पछि नगरप्रहरी आएर दुख दिने भन्दै नाम र तस्बिर नराख्ने सर्तमा मासिक पाँच सयदेखि पाँच हजारसम्म असुल्ने गरेको बताएका छन । यसले नगरपालिकाका प्रहरी पैसा असुल्छन भन्ने आरोप होइन, यसमा लुकेको सत्यता छ भन्ने कुराको पर्दाफास गराएको छ, हामीसँग नगरपालिकाका प्रहरीको कमाउ धन्दाबारे ब्यापारीहरुले खुलेरै भिडियोमा कुराकानी समेत गरेका छन ।

उनीहरुले सञ्चारमाध्यममा आफ्नो पुरा परिचय र भनाई कोट नगर्न आग्रह गर्दै रकम असुली र त्यसमा माथिसम्मका मानिसको हात रहेको दाबी गरेका छन । उनीहरुका अनुसार समयमै रकम नदिने ब्यापारीलाई मात्र नगरप्रहरीले छानिछानि कार्वाही गर्ने गर्छ, पैसा मागेको कुरा पत्रकार वा अन्य कसैलाई भनेमा त्यसलाई प्रमुख निसाना बनाउँने गर्दछ । यो सबै कुराले सरकारी तलव र सुविधा पाएका प्रहरी र तिनका हाकिम र उच्च तहका ब्यक्तिहरुको पकेट खर्चको भने राम्रो जोहो हुने देखिन्छ । यसमा नेपाल प्रहरी र राज्यका अन्य सरोकारवाल निकायले पनि बोल्नुपर्ने नागरिकहरुको भनाई रहेको छ ।

प्रस्तुत छ, (भिडियोमा हेर्नुहोस) केही सडक ब्यापारीहरले हरपल नेपाल डटकमले ‘नगरप्रहरीले यहाँ पसल चलाउन दिए वापत पैसा माग्छ भन्ने सुनिन्छ, हो र ?’ भन्ने प्रश्नमा दिएको उत्तरको सम्पादीत अशंहरुका केही झलकहरु……

LOADING...

 ति पानीपुरीवाला राजिवले हरपल नेपालको नम्बरमा रुदै फोन गरेर आफुमाथि अन्याय भएको बताए । नगरप्रहरीले पैसा खाएको भनेर पत्रकारलाई भनेको कारण आफ्नो हातमुख जोर्ने ठेलागाढा लगेको र अहिले समस्यामा रहेको दुखेसो गरें । दुख दिएको दुखेसो गरें । राजिवले ११ दिनदेखि बेरोजगार बनेको र पैसाको अभावमा काठमाडौं छाड्नुपर्ने अवस्था आएको भन्दै पिडा सुनाएका छन । उनले पहिले धेरै पटक मासिक १५ सयका दरले नगरप्रहरीका असई नारायण दाहाल र सई दौलत भन्नेलाई दिएको र यसपटक भर्खर घरबाट आएकाले कमाइ भएको छैन, भन्दा आफ्नो बिचल्ली बनाएको ठोकुवाकासाथ दाबी गरेका छन । भिडियोमा हेर्नुहोस, हरपल नेपाल डटकमसँग सिधा सिधा यस्तो बताए राजिवले…..

LOADING...

राजिवको कुरामा उनले नगरपालिकाका असई नारायण र सई दौलतले पटक पटक पैसा लिएको र पैसा नदिएकै कारण आफ्नो बेहाल बनाएको दाबी गरेका छन । हरपलकर्मि साथीहरुले यो विषयमा नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर सोध्ने प्रयत्न पनि गरेका थिए, उहाँको कार्यकक्षमा पुगेर सचिवालय मार्फत हरपल नेपालको पत्रकार भनेर परिचय दिए र उनीहरुले भने अनुसार त्यहाँ एक घण्टा कुराए तर त्यो विषयमा कुराकानी गर्ने मौका दिइएन बरु ‘हरपलले नगरपालिकाका प्रहरीले पैसा खाएको भन्ने भिडियो हालेको थियो त के सोध्न खोजेको’ भन्दै त्यहाँ हासोँमा उडाउने प्रयास भयो । तर हरपलकर्मिहरुले भने उनीहरुलाई मुस्कानसहित जवाफ दिदै हरपल नेपाल (आज) भोलि पनि हेर्नुस्, अरु पनि नयाँ कुरा आउँछ, यस्ता समाचार हाम्रोमा आइराख्छन भनेर निस्केछन ।

महानगरपालिकाका प्रहरीले सडक ब्यापारीसँग पैसा असुल्छन रे नि, तपाईले सुन्नु भाछ, यो प्रश्न हामीले महानगरपालिकाका नगरप्रहरी प्रमुख बिष्णु प्रसाद जोशीसँग सोधेका छौ । उनले नगरप्रहरीले आफ्नो कर्तब्य पुरा गरेको र कसैसँग पैसा नखाएको तर्क गरे तर उनको जवाफबाट एउटा सामान्य नागरिकको रोजिरोटि र दैनिक गुजाराको अवस्थालाई महसूस गर्न सकेको देखिएन । उनले सामाजिक सञ्जालमा सर्व साधारण नागरिकबाट आएका प्रतिकृयाहरुलाई सहजै ‘त्यस्ता घटना कति हुन्छन कति, त्यसले केही फरक पर्दैन’ सम्म भन्न भ्याए । उनले आफ्नो संगठनको बचाउ गर्दै भिडियोमा हेर्नुहोस, यस्तो बताए…..

LOADING...

 नगरप्रहरीका प्रमुख बिष्णु जोशीले राजिबले पैसाको कुरा गरेर आफ्नो संगठनको प्रतिष्ठामाथि आघात पुर्याएको तर्क गरे पनि हामीले भने जोशीको कुरामा कुनै सत्यता नभएको धेरै तथ्यहरु फेला पारेका छौ । हरपल नेपालले नगरका धेरै स्थानका सडक ब्यापारीहरुको धारणा लिने क्रममा नगरप्रहरीले मासिक पैसा नदिनेलाई दुख दिने गरेको र ब्यापारीको अवस्था हेरेर मासिक पाँच सयदेखि पाँच हजारसम्म उठाउने गरेको अर्को रहस्य फेला पारेको छ । हामी आगामाी दिनहरुमा पनि गरिखाने वर्गमाथि नगरप्रहरीको यो रकम अशुली धन्दाको विषयलाई अझै जोडदार रुपमा उठाउने छौ ।

यो  राजधानीको मात्र पिडा होइन, देशकै पिडा हो । बेरोजगारी, अशिक्षा र केन्द्रीकृत शासन प्रणालीको कारण मानिसहरु राजधानी केन्द्रीत भएका छन, तर गरीब र निमुखा वर्गको लागि जहाँ गएपनि दुई गासँ जोड्न कै समस्या देखिन्छ । रगत पसिना बगाएर दुई गाँसको जोहो गर्ने यि सामान्य अवस्थाका मानिसहरुसँग पनि सरकारी तलब र सुविधामा बाचेकाहरु किन र्याल चुहाउँछन ? किन गर्छन उनीहरुको श्रम शोषण ? के यो अनियमितता र भ्रष्टाचार होइन ? कहिले रोकिन्छ नगरप्रहरीको यो आतंक ? यस्ता तमाम प्रश्नहरु यो घटनाले हाम्रो अगाडि खडा गरेको छ, यसमा आम नागरिक, बुद्धीजिवी र सरोकारवाला निकायको ध्यान पुग्नु पर्दछ र त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कार्वाही हुनुपर्दछ । त्यसको अर्थ जस्ले जहाँ जे गरेपनि हुन्छ, सडकमै पसल गर्न पाइन्छ भन्ने कदापि होइन, ब्यापारीहरुले पनि सडकको अवस्था र चापलाई विशेष ध्यान दिनुपर्छ । नियम, कानुनको सम्मान गर्नैपर्छ ।

LOADING...