कहाँ पुग्यो मधेस आन्दोलन ? अब दुई विकल्प

काठमाडौं । दुई वर्षअघि सुरु भएको आन्दोलनको समापन कसरी गर्ने भन्ने विषयमा मधेसी दलहरू नै अन्योलमातराई मधेस आन्दोलन सुरु भएको दुई वर्ष पुगेको छ ।

०७२ साउनमा आक्रामक ढंगले सुरु भएको मधेस आन्दोलन अहिले सरकारसँग असन्तुष्टिको स्तरमा मात्र छ । मधेसी मोर्चाले राखेका ११ बुँदे माग र संघीय गठबन्धनले राखेका २६ बुँदे मागमा औपचारिक रूपमा सरकारसँग सहमति भएको छैन ।

मधेस आन्दोलनका मागको बुँदागत रूपमा सहमति नभएकाले असन्तुष्टिको मोडमा रहेको राजपा नेता केशव झाको विश्लेषण छ । जसले गर्दा पुनः आन्दोलनको तयारीलाई बल दिइरहेको छ ।

६ असोज ०७२ मा सुरु भएको नाकाबन्दी २५ माघमा फिर्ता भएपछि मधेसी मोर्चाको आन्दोलन निरन्तर कमजोर बन्दै गएको छ ।

आन्दोलनका नेतृत्वदायी दलहरूले नै मधेसी आन्दोलनको बैठान कसरी हुने भन्ने अहिलेसम्म खुलाउन सकेका छैनन् । संघीय समाजवादी फोरम आन्दोलन, संविधान संशोधन र निर्वाचनलाई उपयोग गर्ने पक्षमा छ, तर राजपा संशोधनपछि निर्वाचनको पक्षमा छ । यो समाचार आजको नँया पत्रिकामा प्रकाशित छ ।