प्रदेश र प्रतिनिधिसभा निर्वाचन , विद्युतीय मतदानको तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दलीय सहमती जुटे विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने तयारी गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक वा फरक मितिमा भन्ने विषयमा सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दल र आयोगको भिन्नभिन्न धारणा आइरहँदा आयोगले व्यवस्थापकीय सहजताका लागि भन्दै विद्युतीय मतदान यन्त्र प्रयोगका विषयमा छलफल सुरु गरेको हो ।

आयोगले निर्वाचन व्यवस्थापनमा सहज हुने र विगतका केही निर्वाचनमा समेत विद्युतीय मतदान यन्त्रको प्रयोगबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै आगामी निर्वाचनमा सो यन्त्रको प्रयोग गर्नेबारे मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदहरूसँग छलफल गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।