तेश्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन हुन्छः मन्त्री यादव (भिडियोसहित)

मेलम्ची आयोजना डिसेम्बरभित्रै पूरा हुने दाबी

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले असोज २ गते हुने प्रदेश नम्बर २ को चुनाव पहिले नै संविधान संशोधन प्रस्ताव पारित हुने बताएका छन ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधन गर्न कडा प्रयास गरिरहेको उनले बताएका हुन ।

उनले भने–‘ यदि सरकारको अथा प्रयासले पनि प्रस्ताव पारित गर्न असफल भएपछि पनि असोज २ गते हुने प्रदेश नं २ को चुनाव कुनै पनि शक्तिले चाहेर पनि रोक्न सक्ने छैन । काँग्रसले सकारात्मक विचारमा संशोधन प्रस्ताव पारित गर्न खोजेको छ तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बाधक बनिरहेको छ ।’

त्यसैगरी उनले असोजभित्रै ल्याउने भनेको मेलम्ची खानेपानी प्राविधिक समस्याका कारण ल्याउन नसकेको बताएका छन । प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारले डिसेम्बरभित्रै मेलम्चीको पानी काठमाडौं आउने त सपना भन्नेहरुलाई विपनामा मै परिणत गरेर देखाउने बताएका छन ।

LOADING...