‘नयाँ शक्ति निर्माण अभियानको एक बर्षको समिक्षाः कति सफल, कति असफल’

कसरी उदाउँदै छ वैकल्पिक शक्तिको रुपमा ? नछुटाई हेर्नुहोस्

-अहिले भर्खरै सम्मपन्न हाम्रो पार्टीको बैठकले जिम्मेवारीका साथै धेरै विषयहरुमा ब्यापक छलफल गरेको छ । श्रावणको ११ गतेदेखि १३ गतेसम्म हाम्रो पार्टीको संघीय परिषद्को तेश्रो पूर्ण बैठक सम्पन्न भयो र बैठकमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराईले ‘पार्टी स्थापनाको एक बर्षको समिक्षा र आगामी कार्ययोजना’ शिर्षकको एउटा राजनीति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यो प्रतिवेदनमाथि बैठकमा सहभागि अधिकांश सदस्यहरुले राखेका टिप्पणीसहित संशोधनगरी सर्बसम्मत रुपमा परित गरियो । त्यो राजनीति प्रतिवेदनमा हामीले विश्व राजनीतिको अहिलेको अवस्थाको बारेमा छलफल गरेका छौँ । नयाँ शक्ति या वैकल्पिक राजनीतिक शक्तिको आवश्यक्ता विश्वव्यापी रुपमा अनुभूति गरिएको विषय हो कि, नेपालमा मात्रै हो भन्ने विषयमा निक्योल निकालेका छौ । हाम्रो निष्कर्ष छ, अहिले हामी विश्वव्यापी रुपमा नै नयाँ ढङ्गको वैकल्पिक राजनीतिक आवश्यक्ताको विषयमा वहस सिर्जना %9