वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्व लिन धेरै आकाङ्क्षी

चुनावी प्रतिस्पर्धा हुने सङ्केत

काठमाडौं । आन्तरिक पार्टीभित्र चुनावी प्रतिस्पर्धाको अभ्यास नगरेको नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी सङ्गठनले चाहिँ चुनावी प्रतिस्पर्धाको थालनी गर्ने सङ्केत देखिएको छ ।

माओवादी निकट युवाको सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) र अनेरास्ववियु (क्रान्तिकारी)को आसन्न महाधिवेशनमा नेतृत्व लिने आकाङ्क्षी बढी देखिएपछि निर्वाचनमा जाने सम्भावना देखिएको हो ।

वाईसीएलको सम्मेलन आगामी भदौ २ र ३ गते र अनेरास्ववियुको पनि भदौ ७ देखि ११ गतेसम्म काठमाडौँमै सम्मेलन हुने भएको छ ।

क्रान्तिकारीको नेतृत्वका लागि उपाध्यक्षहरू अनिल शर्मा, रञ्जित तामाङ, पञ्चा सिंह र आरसी अधिकारीको दाबी रहेको छ । वाईसीएलमा रामप्रसाद सापकोटा (दीपशिखा), लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र), युवराज दुलाल (शरद), शिव कडरियालगायतको दाबी छ ।