इनरुवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

चालक प्रहरी नियन्त्रणमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस