काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठकः विविध विषयमा छलफल हुने

प्रतिनिधिलाई छिट्टै निर्वाचन क्षेत्रमा खटाउने

काठमाडौँ । स्थानीय निकायको तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईको निर्वाचन मिति नजिकिदैँ जादाँ आज विविध विषयमा छलफल गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

दुई नम्बर प्रदेशको निर्वाचनमा पार्टीको तयारी, रणनीति र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि काँग्रेसले अहिले साढें आठ बजेको लागि बैठक बोलाएको छ ।

आगामि निर्वाचनमा पार्टीको रणनीति तयार गर्नका लागि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पूर्व रक्षामन्त्री समेत रहेका नेता बालकृष्ण खाँडले हरपल नेपाल डटकमसँग बताएका छन ।

आजको बैठकबाट निर्वाचनको रणनीति र केन्द्रीय प्रतिनिधिलाई फिल्डमा पठाउने विषयमा आवश्यक तयारी सहित निर्णय हुने बताइएको छ ।

अन्य पार्टीहरु निर्वाचनको तयारीमा जुटिरहेका बेला काँग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको हो ।