चर्चित नायिका रेखा थापाले गरिन (राप्रपा) बाट पार्टी परित्याग

राणाको समर्थन गर्दे नाम सनाखत गरेको घोषण

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) मा चर्चित नायिका रेखा थापाले पार्टी परित्याग गरेकी छन ।

केहि महिनाअघि मात्रै माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले फेरि पार्टी बदलेकी हुन ।

राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् ।

आइतबार राणाले पार्टी फुटाएर निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले पनि राणालाई समर्थन गर्दै नाम सनाखत गराउन आयोग पुगेको राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले बताएका छन ।