प्रहरीद्धारा बार्सिलोना आक्रमणको मुख्य योजनाकार मोउसासहित पाँच जनाको मृत्य: चार  गिरफ्तार

आक्रमणमा संलग्नहरुको खोजी कार्य जारी

स्पेन । स्पेनको क्याम्ब्रिल्समा मारिएका पाँचजनामा मोउसा ओकाबीर एक रहेको बताइएको छ ।

बिहीबारको बार्सिलोनामा भएको आक्रमणको मुख्य पात्र संदिग्ध मोउसा ओकाबीर अर्को आक्रमण भएको स्थल क्याम्ब्रिल्समा अरु पाँचजनालाई प्रहरीद्वारा मारिएको बताइएको हो ।

प्रहरीले त्यसअघि ओकाबीर र तीनजना अरु पुरुषलाई खोजिरहेको बताएको थियो। खोजि गरिरहेका एक प्रहरी अधिकारीले भने–‘अब एकजनाको पत्ता लाग्न बाँकी रहेको छ र चारजना संदिग्धहरु गिरफ्तार गरिसकेका छौं ।’

ओकाबीरले भाडामा लिएको भनिएको भ्यान जोताइँदा बार्सिलोनाको प्रसिद्ध पर्यटकीय गन्तब्य लस र्याम्ब्लसमा तेह्र जना मारिएका थिए।

क्याटनल प्रहरी प्रमुख जोसेफ लुइस ट्रापेरोले भने–‘एउटा जिहादी इकाइले बार्सिलोनामा निकै ठूलो आक्रमण गर्ने योजनामा थियो तर उनीहरुको केन्द्र बुधबार दुर्घटनाग्रस्त भएर जलेपछि उनीहरुले त्यो योजना त्यागेका थिए ।’

अब युनुस अबोयाकुबको मात्रै पत्ता लाग्न बाँकी छ, १७ वर्षीय भनि ठानिएको मोउसा अकाबीर उत्तरी क्याटलनी शहर गिरोनाका स्पेनी नागरिक थिए भने अरु सबैजसो संदिग्धहरु मोरोक्कोका रहेको बताईएको छ ।

मोउसाले आफ्ना भाइको कागजपत्र प्रयोग गरेर बार्सिलोना आक्रमणमा प्रयोग गरिएको भ्यान भाडामा लिएको आशंका विशेषज्ञहरुले अनुमान गरेका छन ।

बार्सिलोनामा आक्रमण भएपछिको रात क्याम्ब्रिल्समा एउटा कार पैदलयात्रुमाथि जोताइँदा एक महिलाको मृत्यु र ६ जना घाइते गराएका पाँचजना आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएको थियो।

प्रहरीले मिडियालाई भने अनुसार साइद अल्आ, १८, मोहम्मद हीचामी, २४, र अकाबीर मारिएकाहरुमा पर्छन्। (बीबीसिबाट)