भारतीय पुल धसिँदा सयौं कन्टेनर अलपत्र

बथनाहा । भारत विहारको अररिया जिल्लास्थित मिरगन्ज खोलाको पुल बाढीका कारण धस्सिएपछि नेपाल आउने पाँच सय मालवाहक गाडी सीमाक्षेत्रमै रोकिएका छन्। यो पुल भारतको राष्ट्रिय राजमार्ग एनएच ५७ ए अन्तर्गत पर्छ।

यो ठाउँ नेपाल९भारत सीमाबाट ६ किलोमिटर दक्षिणमा अवस्थित छ। पुलले अधिक भार थेग्न नसक्ने भएपछि भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने गाडीलाई बथनाहामै रोकेका छन्।

नेपालतर्फ भारत जानुपर्ने पाँच सय गाडी विराटनगर भन्सार उत्तरतर्फ लाम लागेका छन्। आइतबार साँझदेखि भारतीय सुरक्षाकर्मीले मालवाहक साधनलाई पुल भएर चल्न रोक लगाएका हुन्। गाडीको लाम बथनाहा दक्षिणतर्फ करिब तीन किलोमिटर परसम्म पुगेको छ।

समस्याबारे पटनास्थित भन्सार विभागलाई जानकारी गराइएको जोगबनी भन्सार कार्यालयका सहायक आयुक्त पवन कुमारले जानकारी दिए। ‘कम्तीमा पनि १५ दिनसम्म पुल सञ्चालन नहुने हाम्रो अनुमान छ।

पुल पुनर्निर्माण र मर्मतका लागि ठेकदार कम्पनीसँग कुराकानी भइसकेको छु उनले भने। पुल पूर्ण रूपमा क्षतिग्रस्त भए जनतालाई समेत आउजाउ गर्न समस्या हुने भएकाले तत्कालका लागि ठूला मालवाहक सवारी चल्न रोक लगाइएको उनले बताए।

फलामको ट्रस्ट र पिलरबाट करिब एक सय वर्षअघि अंग्रेजको पालमा बनेको यही पुलले नेपालतर्फ विराटनगर र भारतको अररिया बथनाहालाई स्थलगमार्गबाट जोडेको छ। यसको वैकल्पिक पुल निर्माणका लागि पहल भइरहेको छ।

दैनिक ठूलो संख्यामा औद्योगिक कच्चापदार्थ, उपभोग्य वस्तु तथा अन्य सामान बोकेका मालवाहक गाडी यही बाटो भएर जोगबनी हुँदै विराटनगरतर्फ आउँछन् ।

पुल ६ महिनाअगाडि पनि मर्मत भएको थियो। यसपटक बाढीले पिलर नै धसाइदिएको छु भारतीय जनता पार्टीको युवा मोर्चा जोगबनीका अध्यक्ष रञ्जित झाले भने, ‘यसबाट ठूलो क्षति भयो।

झाका अनुसार पुलको दक्षिण९पश्चिमतर्फको फलामे पिलर भएको ठाउँमा बाढीले क्षति गरेको हो। बीच भागमा पुल करिब १० इन्चभन्दा धेरै धस्सिएको छ । हलुका सवारीसाधन गुड्दा पनि हल्लिन थालेको छ।

मिरगन्जका स्थानीय प्रदीपकुमार साहले सुरक्षाकर्मीले हलुका सवारीसाधनमा पनि सामान लोड गरेर आउजाउ गर्न रोक लगाएको बताए। ‘

आइतबार बिहानसम्म त गाडी कुदेका थिए तर अहिले बाटोभरि ठूला गाडी लाम लागेर बसेका छन्। कहिलेसम्म बस्ने हुन थाहा छैनु उनले भने। साहले नेपालतर्फ सामान लिएर आउँदै गरेका धेरै ट्रक सडकमै लाम लागेको बताए।

सीमामा अलपत्र परेका मालवाहक गाडी रिरुट गरेर नेपालतर्फ पठाउन आग्रह गर्दै नेपालका उद्योगी तथा व्यवसायीले सोमबार नै भारतीय भन्सारको ध्यानाकर्षण गराएका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले पुलको अवस्था अवलोकन गरेर भन्सारका सहायक आयुक्त कुमारलाई भन्सार विभाग पटनालाई आफूहरूको समस्या राख्न र विकल्प दिन आग्रह गरेका छन्।

‘उताबाट सकारात्मक कुरा आएको छ। हामीले नेपाल सरकार र नेपालस्थित भारतीय दूतावासलाई पनि समस्या अवगत गराइसकेका छौुं मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले भने।

आफ्नो उद्योगका कच्चापदार्थ बोकेका धेरै गाडी पारि नै फसेको संघका महासचिव नविन रिजालले बताए। उद्योगी राकेश सुरानाले पनि दसैंतिहारका लागि सामान ल्याएका कन्टेनरसमेत सीमामै फसेको जानकारी दिए।

धेरै औद्योगिक कच्चापदार्थ बोकेका गाडी पारि नै फसेकाले विलम्ब शुल्कको भार बढ्दै जाने चिन्ता थपिएको उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले बताए।

उनले भने ‘हामीले रिरुट गरेर भीमनगर हुँदै सुनसरी निस्किएर मालवाहक गाडी आउने व्यवस्था गर्न भारत सरकारसँग माग गरेका छौुं।

मुरारकाले पुल जीर्ण बनेको विषयमा नेपाल र भारत सरकारको ध्यानाकर्षण गराइएको तर निर्माणमा भने ढिलासुस्ती हुँदा मुख्य ‘लाइफलाइनु नै बन्द हुन पुगेको उनको भनाइ छ। विराटनगर भन्सार कार्यालयले मालवाहक गाडी आउन रोकिएपछि भन्सार असुली निकै घटेको जनाएको छ।

अघिल्लो साता आएको बाढीले नेपालसँग जाडिने नर्थइस्ट रेलवेको ट्र्याक धेरै ठाउँमा भत्काएपछि रेलवे सेवा बन्द भएको छ।

जोगबनीबाट दिल्लीका लागि छुट्ने सिमाञ्चल एक्सप्रेसका साथै अन्य स्थानीय रेलवे सेवा अवरुद्ध भएको छ। यसको मर्मत अनिश्चित भएकाले भारतसँग रेलवेको सम्पर्कसमेत टुटेको छ।

ब्रोडगेज रेलवेले भारतको जोगबनी र नेपालको विराटनगरलाई जोडेको छ। रेल चढेर भारततर्फ जाने यात्रुलाई अब कटिहार र फारबिसगन्जसम्म पुग्नुपर्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।