स्पेनको बार्सिलोनामा आक्रमणका योजनाकार प्रहरीद्धारा मारिए

घटनाको थप अनुसन्धान हुँदै

स्पेन । स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध योजनाकार युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको प्रहरीले बताएको छ।

गत बिहीवार लस र्‍याम्ब्लसका मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनका प्रहरीहरुको विश्वास रहेको हो।

उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए। बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ।

नक्कली विस्फोटक बेल्ट लगाएका अबुयाकुब अरेबिकमा ईश्वर महान् हुन् भन्दै चिच्याएका थिए। सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्ध योजनाकारको व्यापक खोजी गरिरहेको थियो।

पेट्रोल पम्पमा काम गर्ने एकजनाले अबुयाकुबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए र त्यहाँ प्रहरी पुग्दा उनी अंगुरको खेतमा लुकेका थिए।

प्रहरीले उनलाई गोली हानेपछि बम निष्क्रिय पार्ने अधिकारीहरुले ुरोबोटुको प्रयोग गरी विस्फोटक ुबेल्टुको जाँच गरेका थिए।

जाँचका कारण मोरक्को मूलका अबुयाकुबको औपचारिक पहिचान गर्न केही ढिला भएको थियो। स्थानीयवासीहरुका अनुसार प्रहरीका २० वटा कारमाथि आकाशमा हेलिकोप्टरहरु घटनास्थलमा देखिएका थिए।

घटनाबारे अझै अन्तर्राष्ट्रिय रुपमा अनुसन्धान भेरहेको प्रहरीले बताएको छ। प्रहरीले एउटा पत्रकार सम्मेलनमार्फत जानकारी गराएअनुसार यसअघि अबुयाकुब बार्सिलोनाको बाहिरी भेगमा एकजना कार चालकलाई कुटपिट गरी कार लिएर त्यहाँबाट फरार भएका छन। (बीबीसिबाट)