भिडियोमा हेर्नुहोस अखिल क्रान्तिकारीको एकताको २१ औ सम्मेलन शुरुः अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

सम्मेलनमा २०७६ जना प्रतिनिधिहरु सहभागि

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीकोे ‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान,सुदृढ संगठनका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ एकताको २१ औँ राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

LOADING...

सम्मेलन बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु हुने भएको हो । भाद्र ७ गतेदेखि भाद्र ११ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन ।

LOADING...

प्रवक्ता बस्नेतका अनुसार सम्मेलनको उद्घाटन सत्रमा माओवादी केन्द्रका नेताहरू नारायणाकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’लगायतको  बाक्लो उपस्थिति रहने बताएका छन ।

सम्मेलनले ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । त्यसका लागि देशभरीबाट सम्मेलनमा २०७६ जना प्रतिनिधिहरुको सहभागि हुने भएका छन ।

LOADING...

निर्वाचन सम्पन्न गर्न क्रान्तिकारीले संगठनका पुर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पुर्व अध्यक्षहरु रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरेको अध्यक्ष नरेन्द्र न्योपानेले बताए ।

LOADING...