लागूऔषधको कमाइ सेयरतिर

काठमाडौं । पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्ष भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भएको छ ।

विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालका नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बताएका हो।

गत वर्ष असार २ देखि असोज २७ सम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको थप सेयर खरिद भएको छ ।

ग्राहक नम्बर ५२११० उल्लिखित उक्त सेयर श्रुति अग्रवालका नाममा किनिएको देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।