भिडियोमा हेर्नुहोस्, आज हरितालिका तीजः शिव मन्दिरमा भक्तजनको भिड

योग्य वरको अपेक्षा गर्दै अविवाहित युवतीहरु

काठमाडौँभाद्र शुक्ल तृतीयाका दिन परम्परागत रुपमा चलि आएको धर्मशास्त्रका अनुसार पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि योग्य वर पाएकी थिइन् । त्यसपछि यो पर्व मनाउने चलन चलेको बताईएको छ ।

LOADING...

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा देशभरीका विभिन्न शिव मन्दिरहरुमा पूजाँ आजा गर्दै हर्ष उल्लासका साथ नारीहरु तीज मनाउँदै छन् । हिन्दू नारीहरु ती विभिन्न शिव मन्दिरहरुमा योग्य वर प्राप्त गर्नको लागि प्रार्थना गर्ने भक्तजनहरुको निकै ठूलो भिड रहेको छ । जस्तै पशुपतिनाथ, डोलेश्वर मन्दिर, जस्ता देशभरी छरपस्ट रुपमा रहेका मन्दिरहरुमा प्रार्थना गर्ने क्रम भने जारी नै रहेको छ, सोचेको कुरा पुग्छ भन्ने धार्मिक विश्वासलाई अँगाल्दै हिन्दू नारीहरु तीज मनाई रहेकी छन ।

LOADING...

यसैबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताएकी छन । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सोही अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन । प्रकाशन मिति २०७४–०५–०८ (यो सामाग्री गोर्खापत्रबाट साभार गरिएको हो)

LOADING...