भिडियोमा हेर्नुहोस्,पत्रकार महासंघ काठमाडौंद्धारा बाढी पीडितलाई सहयोग हस्तान्तरण

सहयोग संकलनमा जोडिन सबैलाई आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले तराईका बाढीपीडितहरुको लागि संकलन गरेको सहयोग आज एक कार्यक्रमबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरेको छ ।

LOADING...

पत्रकार महासंघ काठमाडौंद्धारा सञ्चार केन्द्र नेपालको सभा हलमा आज आयोजित उक्त कार्यक्रममा नगद र लत्ता कपडा लगाएतका सामाग्रीहरु रौतहटका बाढी पीडितहरुको लागि सहायता गर्नेगरी हस्तान्तरण गरिएको हो ।

LOADING...

तराईका बाढीपीडितहरुको दुखमा सहायता गर्ने उद्देश्यले पत्रकार महासंघ काठमाडौं शाखाद्धारा संकलन गरिएको २५ बोरा लत्ताकपडा र एकलाख २५ हजार नगद राहत रकम हस्तान्तरण गरिएको छ ।

LOADING...

पत्रकार महासंघ काडमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले आपत विपद्को क्षणमा सबैले आ आफ्नो क्षेत्रबाट पीडितलाई सहयोग गर्नुपर्ने भन्दै सहयोग संकलन कार्यमा जोडिन सबैलाई आग्रह समेत गरें ।

LOADING...

उक्त कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सूचना आयोगका प्रमुख आयुक्त कष्ण हरि बास्कोटा, नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रीय सदस्य गोबिन्द्र प्रसाद चौलागाई लगायत अन्य पत्रकारहरुको विशेष उपस्थिती रहेको थियो । 

LOADING...