सीमानामा काँडेतार अभियन्ता खड्का दम्पति अमेरिकामा सम्मानित

छिट्टै राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने बिश्बास व्यक्त

अमेरिका । चलचित्र निर्माता संघका अध्यक्ष तथा सीमानामा काँडेतार अभियन्ता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएको ठहर गर्दै अमेरिकाको टेक्सासमा एक कार्यक्रमबीच सम्मान गरिएको छ ।

अमेरिकास्थित एभरेष्ट ईन्टरटेन्मेन नामक संस्थाका अध्यक्ष मनोज राईले उनीहरुलाई नेपाली पोशाक टोपि र खादाले सम्मान गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै कलाकार खड्काले सम्मान पाएपछि आफुमा थप जिम्मेवारी बोध भएको र समाज सेवामा अझ दृढतापूर्वक अघि बढ्ने उर्जा प्राप्त भएको बताए । उनले विदेशमा रहेर पनि नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रको विकासका लागि चासो चिन्ता दिएको भन्दै आयोजक संस्थाको प्रशंसा समेत गरें ।

खड्काले नेपाली चलचित्रलाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्नेहरुका बिचमा द्वन्द्व रहेको भन्दै चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने बिश्बास ब्यक्त गरे।

खड्काले नेपालको सीमानामा काँडेतार लगाउन जरुरी भएको र त्यसका लागि सम्पूर्ण नागरिकहरुले नेपाल सरकारलाई कुटनैतिक पहल गर्नका लागि दबाब दिएर सहयोग पुर्‍याउन अनुरोधसमेत गरे।

संस्थाका अध्यक्ष राईले सबैबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए । उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।