हेर्नुहोस् यसरी भयो विप्लवका कार्यकर्ताद्धारा रोल्पाका जिशिअ पौडेलमाथि आक्रमण

घटनामा संलग्नको खाजी कार्य जारी

रोल्पा । रोल्पाको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेत्रक्रिम चन्द विप्लवका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै कालामोसोसहित जुत्ताको माला लगाई हातपात समेत गरेका छ ।

जिशिअ पौडेलमाथि विद्यालय निर्माण र शिक्षक भर्नाको क्रममा ठूलो रकम हिनामिना गरेको आरोप लगाउँदै नेकपा निकटको अखिल क्रान्तिकारीले उनीमाथि आक्रमण गरेको हो ।

विप्लवका कार्यकर्ताद्धारा उनमिाथि हातपात गरिएपछि पौडेलको टाउको र अन्य भागमा चोट पटक लागेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जिशिअ पौडेलमाथि विप्लवका कार्यकर्ताहरुले आक्रण गरेको र त्यसमा संलग्नहरुको प्रहरीले खाजी कार्य गरिरहेको हरपल नेपालसँग बताए ।

नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले प्रजिअ पौडेलले विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको र सुध्रिने अवस्था नदेखेपछि विद्यार्थीहरुले चेतावनी स्वरुप त्यस्तो कार्वाही गरेको बताएका छन ।

उक्त घटना नेकपाका कार्यकर्ताले गरेको भएपनि घटनामा संलग्नको पहिचान हुन नसक्दा अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले बताएको छ । घटनाका दोषिहरु फरार रहेका छन । उनीहरुको खोजी कार्य तिब्र पारिएको बताईएको छ ।