झपामा एमालेका जनवर्गीय संगठनद्धारा बाढीपीडितका लागि दुई लाख राहत वितरण

राहत वितरण कार्य जारी

झापा । झपामा नेकपा एमालेका दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् ।

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका हुन ।

झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताए ।

एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी समेत दिएको छ । रासस