दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय

काठमाडौं । प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् ।

प्रमुख दलसहित मधेस केन्द्रित दलले एक÷दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका हुन् ।

आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।