भारतीय ठूला दरका भारु नोटको प्रतिबन्ध लगाउने प्रधानमन्त्री मोदीको अभियान विफल

रिजर्भ ब्याङ्क अफ इण्डियाद्धारा भारु नोटको प्रतिबन्ध विफल भएको सार्वजनिक

भारत । भारतमा अघिल्लो वर्ष अप्रत्याशित रुपमा नोटबन्दी लगाइएपछि प्रतिबन्धित उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेको भारतको केन्द्रीय ब्याङ्कले जनाएको छ।

उसका अनुसार प्रतिबन्धित नोटहरु मध्ये ९९ प्रतिशत अर्थात १५२.८ खर्ब रुपियाँ भारतीय ब्याङ्किङ प्रणालीमा फिर्ता भएको हो ।

सरकारी अधिकारीहरुले आय घोषणा नगरी अवैध रुपमा राखिएका नोटहरु जफत गर्न सजिलो हुने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए।

त्यसले उक्त नीतिको घोषणामा प्रश्न उठ्नुका साथै भारतभर अन्यौलको अवस्था निम्त्याएको थियो। पाँच सय र एक हजार रुपैयाँका नोटको प्रतिबन्धसँगै ब्याङ्कहरुमा रकमको अभाव भएको थियो।

अहिले पछिल्लो समयमा ती दुई दरका नोटहरुले बजारमा रहेका नोटको ८५ प्रतिशत हिस्सा ओगट्ने बताइन्छ । आफूसँग भएका नोटहरु साट्न आएका मानिसको भिडलाई व्यवस्थापन गर्न प्रहरी समेत परिचालन गरिएको थियो।

नगदमा निर्भर कमजोर आय भएका भारतीय सर्वसाधारण, व्यापारी र सामान्य बचतकर्ताहरु एकदम नराम्रोसँग प्रभावित भएका थिए।

राजनीतिज्ञ, विश्लेषक तथा साधारण भारतीयहरुले महिनौँ यता प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दी भनिएको अभियान सफल या विफल भएको बारे तर्कहरु गर्दै आएका छन्।

आखिर अहिले आएर त्यो अभियान पूर्ण रुपमा विफल भएको हुँदा र भारतीय जनताले भोग्नु परेको पीडालाई केन्द्रमा राखेर भारतीय रिजर्भ ब्याङ्क अफ इण्डियाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले त्यसको जवाफ उपलब्ध गराएको छ। (बीबीसिबाट)