नेसनललाई ‘प्रमुख दलकै निर्देशनमा’ सम्बन्धन

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलाएका छन ।

निर्णयमा हस्ताक्षरकर्तामध्ये एक सदस्यका अनुसार नेताहरूकै निर्देशनमा हामीले सम्बन्धन दियौं, निर्णय अहिले बाहिर नल्याउनु भनेपछि आफैंले लिक गरेको बताएका हुन ।

विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्येका त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरूलाई निर्देशन दिएको खुलासा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले भने-‘हामीलाई प्रमुख दलका मुख्य नेताहरूले सम्बन्धन दिनुपर्छ भनेका हुन् । त्यसमा एमालेका नेताहरू पनि छन्, कांग्रेस र माओवादीका पनि छन्, हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं, उनीहरूले नै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुहोस् भन्नुभयो । तर, तीन सातापछि उनीहरूले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।’

डा.गोविन्द केसीको अनशन जारी रहेकाले कार्यकारी परिषदको निर्णय गोप्य राख्नुपरेको भन्दै ती सदस्यले राजनीतिक दलका नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाए ।

आफ्नो परिचय र अडियो सार्वजनिक नगर्ने सर्तमा ती सदस्यले भने, ‘सम्बन्धन पाउनुपर्छ भन्ने नेताहरू नै थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।