युवती बलात्कारको आरोपमा प्रहरी जवान स्थानीयको नियन्त्रणमा

काठमाडौं । वीरगन्ज महानगरपालिका १६ नगवाको नयाँ बस्तीमा एक १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

शनिबार साँझ करिब साढे ७ बजेको समयमा युवती एक्लै घरमा भएको अवस्था पारेर नगवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान गोरख मौर्यले जबर्जस्ती करणी गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन ।

उनीहरुले बलात्कार आरोपी प्रहरी जवानलाई कुटपिट गरेका थिए । केही समयको नियन्त्रणपछि जवान मौर्यलाई जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीलाई जिम्मा लगाएको स्थानीय अब्दुल हुसेनले बताए ।

पर्साका एसपी सुदीप गिरीका अनुसार प्रहरी जवान मौर्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ । दोषी देखिएमा कानुनबमोजिम कारबाही गरिने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।