हेर्नुहोस् यस्तो आयो अमेरिकाद्धारा चेतावनीः उत्तर कोरियालाई कडा कार्बाही गर्न माग

युद्ध र विनाश हुन नदिने चीनको प्रतिबद्धता

अमेरिका । संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूत निक्की ह्यालेले उत्तर कोरियाविरुद्ध सम्भव भएसम्मको सबभन्दा कडा कार्वाही गर्न सुरक्षा परिषदलाई आह्वान गरेकी छन्।

ह्यालेले उसको परमाणु कार्यक्रम रोक्न २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको र अब अति भएको बताएकी हुन् । उनले उत्तर कोरियाली नेता किम जङ् उनका व्यवहारले युद्ध मागिरहेको देखाउने भन्दै अमेरिकाको धैर्य असीमित नभएको बताइन्।

चीनका राजदूतले कोरियाली प्रायद्विप मा युद्ध र विनाशलाई चीनले कहिले हुन नदिने भन्दै सबै पक्षलाई वार्ताका लागि आह्वान गरे। उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ।

परिषदका पाँचै स्थायी सदस्यले उक्त परीक्षणको निन्दा गरिसकेका छन् । तर अब कस्तो प्रतिक्रिया जनाउने भन्ने बारे भने विमति छ । अमेरिकाको ट्रम्प प्रशासनले वृहत सैनिक प्रतिक्रिया पनि एक विकल्प हो भनेको छ तर रुस र चीनले त्यसो गरिनु विनाशकारी हुने बताएका छन्। (बीबीसिबाट)