उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महरा पाँचदिने भ्रमणका लागि चीन जाँदै

दुईपक्षीय हित र चासोको विषयमा विशेष जोड दिईने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने औपचारिक भ्रमणका लागि बुधबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन ।

परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्रीसँगै परराष्ट्रका चीन विभाग प्रमुख सहसचिव गणेशप्रसाद ढकाल, परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछाने र परराष्ट्रकै उपसचिव कुमार राई लगाएतको टोली भ्रमणमा जाने भएको हो ।

यस्ता रहेका छन् महराका पाँचदिने भ्रमण कार्यक्रमहरुः-

भ्रमणका क्रममा महराले चिनियाँ विदेशमन्त्री वाङ तथा अन्य विभिन्न उच्च अधिकारीसँग दुईपक्षीय हित र चासोको विषयमा भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनले बेइजिङमा चिनियाँ परराष्ट्र मामिला विश्वविद्यालयका उच्च अधिकारीहरूसँग पनि छलफल गर्ने छन् ।

महराले आगामी आइतबार ग्वाङझाउमा स्थापना हुन लागेको नेपालको कन्सुलेट कार्यालयको उद्घाटन गर्ने कार्यक्र रहेको छ।

उक्त टोलीले भ्रमणका क्रममा चीनको हेबेई प्रान्तको पनि भ्रमण गर्ने मन्त्रालय श्रोतले जनाएको छ  ।