क्रान्तिकारी पत्रकार महासंघ बर्दियाको जिल्ला सम्मेलन

सयौंको सहभागिता हुने

बर्दिया । क्रान्तिकारी माओवादी निकटको पत्रकार महासंघले प्रदेश नम्बर पाँचमा संगठन निर्माण अभियान तिब्र पारेको छ ।

बुधबार क्रान्तिकारी पत्रकार महासंघले बर्दियामा प्रथम जिल्ला सम्मेलन गर्ने तयारी गरेको बताइएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य तथा प्रदेश नम्बर पाँचका संयोजक लोकराज जैसीले बर्दियाको गुलरिया स्थित वाणिज्य संघको सभाहलमा भोलि दिउँस ठीक १२ बजें सम्मेलनको औपचारिक उद्घाटन हुने बताएका छन ।

कार्यक्रममा बर्दियाको राजापुर, भुरिगाउँ, बासगढी, ताराताल, मैनापाखर लगायतका स्थानबाट विभिन्न संञ्चारमाध्यममा आबद्ध पत्रकारहरू सहभागि हुने बताइएको छ ।

संयोजक जैसीका अनुसार उक्त कार्यक्रममा जिल्लामा रहेका विभिन्न राजनीतिक दल निकटका पत्रकार संगठनहरू, स्वतन्त्र पत्रकार र अन्य सम्वद्ध निकायलाइ आमन्त्रण गरिएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी बर्दिया सेक्रेटरी दुर्गा अधिकारीको विशेष उपस्थिती रहने बताइएको छ।

कार्यक्रममा सहभागि सयौं पत्रकारहरूको बीचबाट जिल्लाको नेतृत्वको चयन गरिने बताइएको छ ।