परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी केन्द्र जुनसुकै दलसँग तयार

संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति र समृद्धिको विकाश हुने दाबि

बागलुङ । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने बताएका हुन् ।

नेता शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको बताउँदै स्थानीयस्तरमा पार्टीको हित र अनुकूलता हेरेर तालमेलमा जान सकिने धारणा राखे । रासस