दशैं आयो खुशी आएनः संगठन निर्माणमा जाग्दै क्रान्तिकारी माओवादी

सात सदस्यीय समिति चयनः संघर्षका लागि तयार रहन आग्रह

बाँके । नेपालीहरुको घर आँगनमा महान पर्व दशैं, तिहार, छठ भित्री सकको भएपनि मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने दिनानु दिन जनताको जनजीवन कष्टकर बन्दै गएकाले त्यसका विरुद्ध अर्को सर्घषको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्दै संगठन निर्माणमा जुटेको छ ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज भुपेन्द्र न्यौपानेले आम मजदुर, किसान र श्रमजीवि वर्गका नेपालीहरुको बीचमा दशै, तिहार जस्ता चाडपर्वहरु दशाको रुपमा आएको बताए ।

उनले देशमा नक्कली गणतन्त्र आएको र त्यसले जनताको जन जीवनमा सुधार नभै एकाध नेताहरुलाई सिंह दरबारसम्म पुर्याएको भन्दै दशैं आएपनि खुशी ल्यान अझै क्रान्तिको आवश्यकता रहेको बताए ।

हिजो बाँकेमा उक्त पार्टीको एरिया नम्बर दुईको भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले त्यस्तो बताएका हुन । उक्त भेलाले सात सदस्यीय समिति चयन समेत गरेको छ ।

उनले नव गठीत समितिलाई शुभकामना दिदै पार्टीले नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेकाले तयारीमा बस्न र पार्टीका नीति तथा कार्यक्रमलाई आम जनताको बीचमा लिएर जान कार्यकर्तालाई आग्रह गरे ।

उक्त कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी बाँकेको दुई नम्बर एरियाका सचिव कबिरको शभापतित्वमा सम्पन्न भएको थियो । उक्त भेलामा स्थानीय वासिन्दाहरुको बाक्लो उपस्थित रहेको थियो ।

त्यसैगरी क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बाँकेले हिजो कोहलपुर नगरपालिका स्तरिय भेला सम्पन्न गरेको छ।

उक्त भेलाले स्थानीय नेता मुक्त बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय नगर समिति गठन गरेको देजमो बाँकेका संयोजक तेजबिक्रम शाहीले हरपल नेपाललाई जनाएका छन।