महामन्त्री डा. कोइराला नवलपरासी पूर्वमा सिफारिस

नवलपरासी । प्रतिनिधि सभा संघीय सभाको निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

नाम सिफारिस गरिएको क्षेत्रबाट कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित भएका हुन् ।

कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए । रासस