हेर्नुहोस, महानायक राजेश हमाल गुल्मीमा यसरी अलपत्र परे

बाटो बिग्रिएकाले हिड्दै गन्तब्यसम्म पुग्ने हमालको भनाई

गुल्मी । गुल्मीको एक कार्यक्रममा हिँडेका महानायक राजेश हमाल सदरमुकाम तम्घास नजिकैैको पहिरोले सडक अबरुद्ध हुँदा अलपत्र परेका छन् ।

वडा नम्बर १३ स्थित तानसेन सडक खण्डको बिचमा पर्ने रेसुङ्गा नगरपालिका दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले गर्दा सवारी साधान संचालन हुन नसकेपछि नायक हमाल अलपत्र परेका हुन् ।

एक साता देखि सडक बेला बेलामा अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ भने बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि अवरुद्ध भएको सडक समेत खुल्न सकेको छैन् ।

वडादशैं मेलाको अन्तिम दिन हमाल पुग्ने कार्यक्रम रहेको छ भने अवरुद्ध सडक खुल्ने विकल्प नभएपछि नायक हमाललाई पहिरोभन्दा माथि आधा घण्टाको उकालो हिँडाएर दुबीचौरको घोर्लेसम्म ल्याउने र धुर्कोट लैजाने प्रहरी प्रशासनको समेत सहयोगमा तयारी गरिएको

नायक हमालले आफु पहिरोले बाटो बिग्रिएकाले अब हिड्दै गन्तब्यसम्म पुग्ने बताए । उनी जस्तै दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्लेसम्म आई अर्को गाडी चढने गरेका छन् ।

अवरुद्ध भएको सड्क खुलाउन रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी,ट्राफिक प्रहरी,शसस्त्र प्रहरी लगायत खटिएका छन् ।