मोटरसाइकल दुर्घटनामा ४ को मृत्यु, ३ घाइते

दमक । बिहीबार साँझ झापाका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्व–औपश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका ५ पाडाजुँगीमा बेलुका ६ बजे मोटरसाइकल र स्कुटर आपसमा जुद्धा दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी दमक ५ का २८ बर्षीय सुनिल सुवेदी र वडा नं। ९ का २५ बर्षीय राजन खड्काको मृत्यु भएको हो ।

दमक ६ का २७ बर्षीय सुवास निरौलाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक दीपक गिरीले जानकारी दिए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको मे ४ प ३५२४ नम्बरको स्कुटर र पूर्वतर्फ जाँदै गरेको को १५ प ८४३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्का र स्कुटर चालक सुवेदीको उपचारका लागि दमकतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीले बताए ।

बिहीबार साँझ ७ बजे दमक ४ चिया दोकानस्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ ।

पश्चिमतिर जाँदै गरेको मे ५ प २७३० नम्बरको मोटरसाइकलले एकै दिसामा जाँदै गरेका नाम, थर, बतन खुल्न नसकेका अन्दाजी ७५र८० बर्षीय वृद्ध व्यक्तिलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते वृद्धको दमकको निम्स अस्पतालमा उपचारका क्रममा ७ स् १० बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

त्यसअघि बिहीबार दिउँसो मेचीनगर नगरपालिका १३ स्थित मेची राजमार्गमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएकामध्ये मेचीनगर ७ का ३७ बर्षीय मदन रिजालको मृत्यु भएको थियो ।

रिजालले चलाएको मे २ प ७७१४ नम्बरको मोटरसाइकललाई विपरीत दिसाको ना १३ प ८०३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा रिजालसहित पछाडी सवार उनकी श्रीमती ३२ बर्षीया कल्पना रिजाल र ८०३३ नम्बरको मोटरसाइकल चालक हेटौडाका ३५ बर्षीय प्रबिन सुवेदी घाइते भएका थिए ।

उनीहरुमध्ये बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार बेलुका मदनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उनकी श्रीमती र सुवेदीको बीएण्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।