आगामी चुनावमा तालमेल गर्ने एमालेको रणनीति

माओवादी केन्द्रसंग तालमेल गर्ने सम्भावना

काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी कमिटीको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रसंग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।

यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो । रासस