विभिन्न संघ संस्थाद्धारा देवनारायण यादवको रिहाईको माग: दुई बजे भारतीय दूतावास घेराउ

नियोजित रुपमा फसाईएको आरोप

काठमाडौं । भारतीय सीमा हस्तक्षेपका विरुद्ध गत बर्ष सप्तरीको तिलाठीमा भएको विरोधमा उत्रिएदा घाइते भएका देवनारायण यादवलाई बिना कारण, नियोजित रुपमा भारतीय प्रहरीले पक्राउ गरेको भन्दै विभिन्न संघ संस्थाहरुले विरोध जनाएका छन ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका राष्ट्रवादी नागरिक यादवको पक्षमा भारतीय प्रहरीले गरेको पक्राउबारे सीमानामा काँडेतार अभियान, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, नेपाल रक्षा दल, विभिन्न दल निकटका विद्यार्थी संगठन र स्वतन्त्र युवाहरुले सामाजिक सञ्जाल मार्फत विरो जनाएका हुन ।

माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले आज दिउँसो ३ बजें भारतीय दूतावास अगाडीबाट उनको पक्राउको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।

अखिल क्रान्तिकारीले सीमा रक्षक देवनारायण यादवको रिहाईको मागसहित आज दिउसो २ बजे भारतीय दूतावास घेराउ कार्यक्रम भएकोले सम्पूर्ण विद्यार्थी तथा देशभक्तिपूर्ण नागरिकहरुलाई उपस्थितीको लागि आग्रह गरेको छ ।

त्यसैगरी उकत घटनाको विरोध गर्दै राष्ट्रवादी चलचित्र निर्माता, कलाकार तथा सीमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले तत्काल रिहाईको माग गरेका छन ।

खड्काले आफ्नो फेसबुक मार्फत भनेका छन–‘सीमा रक्षक अभियानकर्ता देवनारायण यादव र उहाँको छोरालाई भारतीय शसस्त्र बलले नियन्त्रणमा लिएको घटनाको घोर भर्त्सना गर्दछु, साथै उहाँहरुको स सम्मान रिहाइका लागि नेपाल सरकारले तुरुन्तै कदम चालोस् भन्ने जोडदार माग गर्दछु ।’

उनले भनेका छन–‘यसरी बारबार नेपालको सीमा र जनतामाथि भारतीय सीमा शसस्त्रबलबाट भइरहेका आक्रमणहरुले ,विश्वमा उदाइरहेको भारतको शान, धुलिशात गर्नेछ भन्ने कुरा स्मरण गराउन चाहन्छु।’

त्यस्तै नेपाल रक्षा दलका संयोजक युवराज सफलले पनि उक्त घटनाको विरोध गर्दै भनेका छन–‘मधेसको भुमीका पुत्र देवनारायण यादव र उनको छोरालाई भारतीय विस्तारवादले नियन्त्रणमा लिएको भन्ने खबरले दुखित भएको छु । हाम्रा लाचार लेण्डुपे हरुको कारण कति यस्तो पिडा भोग्न पर्ने हो ? तुरुन्त देवनारायण र निजको छोरालाई रिहा गर्न माग गर्दछु ।’

 ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले पनि उक्त घटनाको विरोध गरेका छन । अन्य विभिन्न संघ सस्था र ब्यकितहरुले सामाजिक सञ्जाल मार्फत उकत घटनाको विरोध गरेको देखिन्छ ।

कुनौलीबाट उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको जानकारी पाएपछि सो विषयमा बुझ्न गएका देवनारायणलाई भारतीय प्रहरीले बिना कसुर पक्राउ गरेको बताइएको छ । अहिले उनका बुवा छोरालाई विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेलमा राखेको खुल्न आएको छ ।

दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा गत बर्ष भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी भारतीय पक्षको विरोधमा उत्रिदा देवनारायण घाइते भएका थिए । त्यतिबेला भारतीय पक्षको कुटाइबाट गम्भिर घाइते भएकाले उनीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

नेपाल सरकारले उनको साहसको र देश प्रतिको मायाको सम्मान गर्दै राष्ट्रवादी नागरिकको सम्मान समेत गरेको थियो । उनको पक्राउको विषयमा अझै नेपाल सरकार र दलिय नेताहरुले मुख खोलेको नदेखिनुले स्थानीयवासीमा निरासा छाएको देखिन्छ ।