कांग्रेसले आगामी निर्वाचनमा कि हार्नु तयार हुनुपर्छ, कि माओवादीसँग तालमेल गर्नुपर्छः शंशाक कोइराला

देउवा र प्रचण्डबीच आजै भेटवार्ता हुने

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले आगामी प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन । त्यो विषयमा दुई पार्टीका शिर्ष नेताहरुबीच कुराकानी समेत चलिरहेको उनको भनाई छ ।

भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले त्यस्तो बताएका हुन । उनले अन्य दल भन्दा माओवादी केन्द्र कांग्रेससँग सत्ता निकट रहेकाको भन्दै तालमेल हुनसक्ने संकेत गरेका हुन ।

पछिल्लो समयमा कांग्रेसको आन्तरिक संगठन कमजोर भएको कारण कांग्रेसको अगाडि तालमेल वा हार स्विकार गर्ने दुई थरिको बाध्यता रहेको भन्दै तालमेलका लागि अन्य दलहरु भन्दा माओवादी केन्द्रसँग गर्न सकिने सम्भावना आफुले देखेको उनले बताए ।

उनले आजै चुनावी तालमेलका विषयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ताको कार्यक्रम रहेको समेत बताए ।

आगामी प्रतिनिधिशभा र प्रदेशसभाको चुनावका लागि एमाले र माओवादी केन्द्रबीच तालमेलको चर्चा चलिरहेको बेला कांग्रेस नेता कोइरालाले तालमेलका लागि माओवादीसँग कांग्रेसको पनि छलफल भैरहेको दाबी गरेका हुन ।