एमाले, माओवादी र नयाँ शक्तिको एकताः दक्षिणपन्थी लाईन, संसदवादको नाैलो अभ्यासः अध्यक्ष किरण

प्रचण्डको झुट्टो नाराः नाम मात्रको कम्युनिष्ट केन्द्र

तस्बिरः अध्यक्ष किरणसँग हरपल नेपालले गरेको संवाद ।

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पाटी नेपालले आज राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन मार्फत चुनावी तालमेल र पार्टी एकता गर्ने सममति पत्रमा हस्ताक्षर गरे लगत्तै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले त्यसलाई दक्षिणपन्थी लाईन र संसदवादको नाैलो अभ्यासका रुपमा टिप्पणी गरेका छन ।

तीन दलका शिर्ष नेताहरुबीच ६ बुँदे सहमति पत्रमा सहमति गरे लगत्तै हरपल नेपालसँगको टेलिफोन वार्तामा अध्यक्ष किरणले ‘नाम मात्रको कम्यिुनिष्टः एकताको झटो नारा’ भन्दै त्यस्तो प्रतिकृया दिएका हुन ।

तीन दलहरुले उक्त सहमति पत्रमा प्रगतिशील शक्तिहरुको बीचमा पार्टी एकता गरेर वृहत कम्युनिष्ट केन्द्रको स्थापना गर्दै समाजवादको यात्रा तय गर्ने बताए पनि क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले भने त्यसलाई जनतामा फैलाईएको भ्रम र नाम मात्रको कम्युनिष्ट एकताको सस्तो नारा लगाएको बताएका छन ।

अध्यक्ष किरणले भने–‘संसदवादमा विश्वाश गर्नेहरुको विचारमा एकरुपता हुन अनौठो छैन, नाम र घर मात्र फरक थियो, अब नाम पनि एकै बनाउनुमा के नौलो भयो र ? यो दक्षिणपन्थी अवसरवादीहरुको एकता हो, अग्रगमनकारी शक्ति त्यो एकतामा छैन ।’

उनले समाजवादी क्रान्तिको कार्यदिशालाई स्विकार गर्ने अग्रगमनकारी, प्रगतिशील शकितहरुको बीचमा नीति, सिद्धान्त र क्रान्तिको विधिका विषयमा सहमत भएर भएर गरिने एकता मात्र वास्तविक कम्युनिष्ट एकता हुने बताए ।

अध्यक्ष किरणले क्रान्तिकारी माओवादीले जनवादी क्रान्तिको कार्यदिशामा सहमत सच्चा कम्युनिष्ट शक्तिहरुको बीचमा एकताको पहल गरेको र त्यसले मात्र समाजवादको यात्रा सम्पन्न गर्ने दाबी गरे ।

प्रचण्डले आफ्नो पार्टी कमजोर भएपछि सत्ताँ टिकाउनका लागि कम्युनिष्ट एकताको झुट्टो नारा लगाएको भन्दै अध्यक्ष किरणले सच्चा कम्युनिष्ट शक्तिहरु संसदवादमा नभइ आन्दोलन र क्रान्तिमा विश्वास गर्ने तर्क गरेका छन ।

उनले पुरानो राज्य व्यवस्थालाई स्विार गर्ने शक्तिहरु नयाँ हुन न त परिवर्तनगामि शक्ति नै हुन भन्दै अब जनताको पक्षमा लड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र भएको प्रष्ट पारें ।

उनले प्रचण्डले माओवादी आन्दोलनलाई आत्मसमर्पणवादमा समाप्त गरेको आरोप लगाउँदै सबै परिवर्तनगामी शक्तिहरुलाई जनवादी क्रान्तिको दिशामा एकताबद्ध हुन समेत आग्रह समेत गरे

उनले भने–‘क्रान्तिकारी ध्रुवीकरण अब तीब्र बनाउनुपर्छ, कम्युनिष्ट आन्दोलनको लागि यो आवश्यक छ, जनवादी क्रान्तिको दिशामा सबैलाई गोलबन्द हुन हाम्रो पार्टी आग्रह गर्दछ ।’