काठमाडौंमा ३.७ रेक्टर स्केलको भूकम्पः मनमैजु केन्द्रविन्दु

परकम्पन्न भएकाले नआत्तिन आग्रह

काठमाडौं । काठमाडौंको मनमैजु आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान २ बजेर ४ मिनेट जाँदा भुकम्प गएको छ । भुकम्पका कारण कुनै क्षेति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भुकम्पको सामान्य धक्का महसूस भएपछि मानिसहरुले २०७२ सालको भुकम्प स्मरण गर्दै त्रास मानेपनि त्यसपछि भने अर्को झड्का गएन ।

भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भूलगायतका क्षेत्रमा बढी महसुस गरिएको थियो । करिब दुई बर्षपछि पुर्न मानिसहरुले भुकम्पको सामान्य डर सामना गरेका छन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले त्यो परकम्पन्न भएको बताएको छ, उसले २०७२ सालको गोरखा भूकम्पको परकम्प भएकाले न आत्तिन समेत सबैमा अनुरोध गरेको छ ।