नाम सहित हेर्नुहोस्, बाँकेबाट प्रदेश र प्रतिनिधीसभाको लागि कांग्रेस र एमालेले अघि सारेका उम्मेदवारहरु यस्ता छन

 केन्द्रको चुनावी तालमेलका कारण अन्तिम उम्मेदवार टुङ्ग्याउन समस्या

बाँके । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि बाँकेका विभिन्न दलहरुले आन्तरिक छलफलबाट उम्मेदवारको टुंगो लगाएका छन । दलका नेताहरुले सम्भावित उम्मेदवारहरुको नाम केन्द्रमा सिफारीस गरेका छन ।

नेपाली कांग्रेस बाँकेले जिल्लाबाट तीन वटा संघीय संसद र तीन वटा प्रादेशिक संसदका सम्भावित उम्मेदवारहरुको नाम टुंग्याउँदै केन्द्र पार्टीलाई सिफारिस गरेको छ ।

कांग्रेस बाँकेका सचिव कपीलदेव शर्माले क्षेत्रीय समितिहरुबाट प्राप्त सिफारिसका आधारमा सम्भावित उम्मेदवारको नाम चयन गरेर जिल्ला कार्य समितिले केन्द्रमा पठाएको  जानकारी दिएका छन । सचिव शर्माले केही उम्मेदवारहरुको नामको विषयमा छलफल भै रहेकाले सिफारिसमा को–को परे पुरै सूचि अहिलेनै सार्वजनिक नगरिएको बताए ।

यद्यपी कांग्रेसबाट संघीय र प्रादेशिक संसदकालागि उम्मेदवार चयन भएकाहरुको नाम भने बाहिर आई सकेको छ, प्राप्त जानकारी अनुसार क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि प्रत्यक्षतर्फ पोषण केसी,ज्ञानु केसी, माधवराम खत्री र हुर्मत न्यौपानेको नाम सिफारिस भएको खुल्न आएकोछ ।

 सिफारिसमा परेका पोषण पत्रकार हुन् भने ज्ञानु पूर्व सांसद हुन्, त्यस्तै खत्री क्षेत्रीय सभापति र न्यौपाने तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

त्यस्तै बाँकेको क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ राज कुमार बर्मा (कुर्मी), निरञ्जन सिंह सिजापती, अब्दुल हमिद सिद्दिकी, मोहम्मदी सिद्दीकी र याकुब अन्सारीको नामकांग्रेसले सिफारिस भएको छ । यसैगरी कांग्रेसले क्षेत्र नं. ३ का लागि प्रत्यक्ष तर्फ बादशाह कुर्मी, युवराज शर्मा,महेन्द्र मल्ल र चिनुमाया कुँवरको नाम सिफारिस भएको जनाए । 

क्षेत्र नं. १ को प्रदेश (क) मा प्रत्यक्ष तर्फ तप्त पौडेल, राम कुमार राढ, कृष्ण पौडेल, रामचन्द्र मौर्य र संगिता चौधरीको नाम सिफारिस भएको छ भने (ख) मा प्रत्यक्ष तर्फ नरेन्द्र गौडेल, बलराम शर्मा, चिन्तामणि धिताल र कृष्ण बहादुर कार्कीको नाम सिफारिस भएको जनाइएको छ । 

क्षेत्र नं. २ को संघीय संसदतर्फ समानुपातिकमा किरण कोईराला, सर्वतारा खानम, राकेश श्रीवास्तव, प्रल्हाद बहादुर कार्की, पुतला आचार्य(पुष्पा शुक्ला), राजु थापा लगायतको नाम सिफारिस भएको नेपाली कांग्रेसका एक सदस्यले हाम्रा समाचारदातासंगको कुराकानीको क्रममा बताएका छन । 

यसैगरी क्षेत्र नं. ३ को संघीय संसदतर्फ समानुपातिकमा नक्की खाँ, कृष्णमान श्रेष्ठ, कृष्ण सिंह परियार, आशा विक, गगन विक, मोतिलाल खड्का लगायतको नाम सिफारिसमा परेका छन् । 

यस्तै क्षेत्र नं. २ को प्रदेश (क) मा प्रत्यक्ष तर्फ गोपाल प्रसाद अधिकारी, कैलाश कशौधन, मैकुलाल बाल्मिकी, लक्ष्मी नारायण शाह, राजकुमार साहु र सचिन्द्र चौधरीको नामसिफारिस भएको छ । यसैगरी समानुपातिक तर्फ फन बहादुर गुरुङ, परमेश्वरी पाठक, जगदिश प्रसाद कुर्मी, मायादेवी गुरुङ, रत्ना राणा र हनिफ खाँ लगायत सिफारिसमा परेका छन् ।

क्षेत्र नं. २ कै प्रदेश (ख) मा प्रत्यक्ष तर्फ सुनिल नरसिंह राणा, सुरेन्द्र हमाल, प्रशान्त विष्ट, रमेश गुप्ता, सुदीप राणा, अच्यूत प्रसाईँ, निजामुद्दिन सिद्दिकी, जितेन्द्र गुप्ताको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ हेमन्त कर्माचार्य, कृष्ण सिंह परियार, प्रदीप कुमार श्रेष्ठ, डा. सुरेश कुमार कनोडिया, प्रह्लाद लखेर, कमला देवी भट्ट, माया पुनको नाम सिफारिसमा परेका छन् । 

क्षेत्र नं. ३ को प्रदेश (क) मा प्रत्यक्ष तर्फ मेघराज वली, कपिलदेव शर्मा, देवफल यादव, चन्तराम थारु, देव बहादुर केसी प्रकाश शाही, केशब शाह लगायतको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिकतर्फ खलिल खाँ, दशरथ थारु, ज्ञान बहादुर वली, कृष्ण प्रसाद सापकोटा, निर्मला रोकाया लगायत प्रादेशिक सांसदका लागि सिफारिसमा परेका छन् ।

क्षेत्र नं. ३ कै प्रदेश (ख) मा प्रत्यक्षतर्फ दुखीराम लोनिया, रामेश्वर कँडेल हरिभक्त उप्रेती, नर बहादुर खड्का, छब्बन खाँ, कृष्ण विक रसाईली लगायतको नाम सिफारिस भएको बताइएको छ भने समानुपातिक तर्फ नवराज थापा, खगिसरा सुनार, भीम बहादुर विक, हरि प्रसाद ढुंगाना, जीपनाथ सापकोटा सिफारिसमा परेका छन् ।

यस्तै नेकपा एमाले बाँकेले पनि विभिन्न निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारीस गर्ने काम भैरहेको बताएको छ । यसैबीच बुधवार प्रदेशसभाको उम्मेदवारको नामावली टुङ्याएको एमाले बाँकेले प्रतिनिधीसभा चुनावमा उम्मेदवारका लागि क्षेत्र नं. २ बाट पशुपति दयाल मिश्रको नाम सर्वसहमतिबाट सिफारिस गरेको छ । 

क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन परिचालन कमिटीको बिहीवार बसेको बैठकले मिश्रको नाम सर्वसहमतिबाट सिफारिस गरेको एमाले क्षेत्र नं. २ का पूर्व अध्यक्ष राजेन्द्र कुमार बर्माले बताएका छन । 

बाँके क्षेत्र न. १ बाट प्रतिनिधि सभाको निर्बाचनलागि नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, जिल्ला सचिवालय सदस्य एवं युवा संघ नेपालका पुर्व कार्यवाहक अध्यक्ष सुर्य ढकाल, र भारती खनालको नाम समेत सिफारिस भएको छ ।

बाँकमा अन्य राजनीतिक दलहरु पनि उम्मेदवार चयनको विषयमा छलफलमा जुटेका देखिन्छन तफापि अन्तिम निर्णयमा भने पुगेका छैनन ।

पछिल्लो समयमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल लगाएतका दलहरुले तालमेलका आधारमा निर्वाचन लड्ने बताएका कारण बाँकेमा अन्तिम उम्मेदवार कहाँबाट कुन पार्टीबाट को उठ्ने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन ।

त्यस्तै नेपाली कांग्रेसले पनि राजनीतिक चरित्र सुहाँउदो दलहरुसँग तालमेल गर्ने बताएका कारण बाँके लगायतका देशैभरीबाट उम्मेदवारको अन्तिम टुङ्गो लाग्न सकेको छैन ।