प्रचण्ड एमालेसँग एकतामा गएपछि भारत असन्तुष्टः मोदी सरकार परिवर्तनको पक्षमा, माओवादीका मन्त्री हटाउने तयारी 

मोदीको पूर्वघोषित नेपाल भ्रमण पनि रोकियो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्रत्याशित रुपमा एमाले पार्टीसँग चुनावी तालमेल र पार्टी एकता गर्ने विषयमा लिखित सहमति गरेपछि मित्र राष्ट्र भारतले घुमाउरो ढंलगे त्यसमा आफ्नो असन्तोष व्यक्त गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले माओवादी केन्द्रका मन्त्रीहरुलाई सरकारबाट विदाई गराउन चाहेको श्रोतबाट खुल्न आएको छ ।

गत मंगलबार राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन गर्दै बाम एकता गर्ने तयारीमा माओवादी केन्द्र, नयाँ शक्ति र एमाले लगायतका दलहरु जुटेंपछि मोदीले आन्तरिक रुपमा कांग्रेसकै नेतृत्वमा मधेशवादी केही दलहरु र राप्रपासहितको मन्त्रीमण्डल बनाउने कसरत गरिरहेको खुल्न आएको छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता र निर्वाचनमा तालमेलको विषयलाई भारतले निकै चासोको रुपमा हेरेको भन्दै त्यसले धेरै विषयमा प्रभाव पार्ने संकेत गरेकी छन ।

श्रोतका अनुसार बुधबार राति भारतीय विदेशमन्त्री सुषमा स्वराज र नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायबीच करिब १५ मिनेट लामो कुराकानी भएको छ । उक्त कुराकानीको क्रममा स्वराजले अहिले नेपालमा बाम एकताको आवश्यकता आफुहरुले नदेखेको र अप्रत्याशित रुपमा घटनाक्रम बाहिर आउँदा आफुहरुलाई अचम्म लागेको बताएकि छन ।

उनले पछिल्लो घटना क्रमका कारण सत्ताँ रुढ दलहरुबीचको दलिय सहमति बिग्रिएको र त्यसले सरकार समेत कमजोर बन्ने भन्दै घुमाउरो अर्थमा भारत सरकार परिवर्तनको चलखेलमा लागेको संकेत गरेको खुल्न आएको छ । उनले कुनै पनि हालतमा निर्वाचन प्रभावित हुनु नहुनेमा भारत रहेको समेत खुलाएकि छन ।

त्यसका साथै सत्ताँ साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग एकता गरेर आफुलाई धोका दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारमा फेरबदल गर्ने योजना बनाएको खुल्न आएको छ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी केन्द्रका मन्त्रीलाई हटाउने र कांग्रेससँग चुनावी चालमेलमा एकता गर्ने केही मधेवादी दलहरु र राप्रपासहितक दलहरुबाट सरकारको नयाँ आकार दिने आफ्नो आन्तरिक तयारी अगरिरहेको उनी निकटका नेताहरुबाट बुझिएको छ ।

कांग्रेसका एक नेताले भने–‘माओवादीसँग सत्ताँमा संगै बस्नुको अब अर्थ र आवश्यकता रहेन, प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत जुटाएउन केही दलका शिर्ष नेतासँग एक एक गरेर छलफल गरिराख्नु भएको छ । सरकारको आकार पर्ण बन्ने तयारीपछि मात्र प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरू हटाउनु हुन्छ, त्यसलाई अनौठो मान्नै पर्दैन ।’

माओवादी–एमालेले बाम एकता गरेसँगै लोकतान्त्रीक एकताको पक्षमा लागेका देउवा नेतृत्वको गठबन्धनमा हालसम्म राप्रपा, राप्रपा प्रजातान्त्रीक, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रीक फोरम, संघीय समाजवादी फोरम लगायत रहेका छन । त्यसमध्ये कांग्रेससँग २ सय ६, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग ३७, राष्ट्रिय जनता पार्टीसँग २४, नेपाल लोकतान्त्रिक फोरमसँग १७ र संघीय समाजवादी फोरमसँग १५ सहित ३ सय मत रहेको छ ।

अहिले देउवासँग २ सय ९९ मतसहित स्पष्ट बहुमत कायम भएपनि त्यलाई टुङ्ग्याउन अझै बाँकी भएकाले छलफल चलिरहेको कांग्रेस श्रोतले हरपल नेपालसँगको कुराकानीमा बताएको छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजसँगको कुराकानीका क्रममा नेपाली राजदूत उपाध्यायले अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यक्रमबारे सोध्दा उनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण पहिलेको मितिमा मोदीको भ्रमण नहुने समेत बताएको खुल्न आएको छ ।

राजदूत उपाध्यायको जिज्ञासामा स्वराजले भनेका छन–‘यो पोलिटिकल टर्म्वाइलको अवस्थामा भ्रमण गर्न गाह्रो छ। भविष्यमा कुनै समयमा प्रधानमन्त्री मोदीले सो भ्रमण गर्नुहोला तर अहिलेको लागि रोकिएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला गरिएको संयुक्त पत्रकार सम्मेलनमा समकक्षी भारतीय प्रधानमन्त्री मोदीले आफू छिट्टै नेपाल भ्रमणमा जाने घोषणा गरेका थिए। अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने गरी उच्च राजनीतिक तहमा दुवै देशबीच छलफल चलेको समेत थियो।

कूटनीतिक स्रोतका अनुसार एमाले र माओवादी केन्द्रलगायतका दलहरुले अचानक रुपमा चुनावी तालमेल र एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि मोदीको भ्रमणका लागि भारतीय पक्ष अनिच्छुक देखिएको हो ।