अर्घाखाँचीमा बस दुर्घटनाः २ जनाको मृत्यु, ६१ जना घाइते

घाइतेको उपचार हुँदै

अर्घाखाँची । मालारानी गाउँपालिका– ३ सापडाँडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् र २० को अवस्था गम्भीर भएको छ।

अर्घाखाँचीको डाँडाकटेरीबाट रूपन्देहीको बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस सापडाँडामा करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूको भने सनाखत हुन सकेको छैन दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।