रुकुमका दिपक बुढाथोकीको साउदीमा मृत्युः सरोकारवाला निकाय घटनाबारे बेखबर

शव ल्याउन पहल गर्ने श्रम तथा रोजगार मन्त्री मंसुरको भनाई

साउदी । वैदेशीक राजगारको लागि काठमाडौं स्थित अक्सफोर्ड इन्टरनेशनल प्रा. लि.बाट साउदी पुगेका एक जना नेपाली युवाको गत बुधबार सवारी ठक्करका कारण मृत्यु भएको छ ।

मृत्यु हुने युवा टाकुरा,०३–शोभा, रुकुमका २८ बर्षे दिपक बुढाथोकी भएको खुल्न आएको उनको छ । छुट्टीको समय निकालेर दिउँस किनमेल र घुम्ने उद्देश्यले कार्यरत साथीहरुलाई जानकारी दिएर बजारतिर निस्केका बुढाथोकीलाई बाटो क्रस गर्ने क्रममा पछिाडिबाट आएको गाडिले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो ।

घटनाका प्रत्यक्षदर्शि समेत रहेका नेपाली कामदार युवाहरुले हरपल नेपाललाई दिएको जानकारी अनुसार उक्त घटना गत बुधबार साँझा साउदीको समय अनुसार ६ः२० बजे भएको थियो ।

उनको मृत्यु भएको तीन दिन बितिसक्दा पनि सम्बन्धीत मेनपावर कम्पनी, नेपालस्थित अन्य सरोकारवाला सरकारी निकाय नै घटनाबारे बेखबर भएको पाइएको छ ।

साउदीबाट घटनाका प्रत्यक्षदर्शी समेत रहेका नेपाली युवा विपुल ढुङ्गानाले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘यहाँ कति नेपाली मारिन्छन, कति घाइते र अंगभंग हुन्छन, त्यसमा राज्यका निकायहरुको ध्यान नदिनु र बेखर बस्नु विडम्बना हो । यो राज्यको गैर जिम्मेवारीपन हो ।’

उनले मृतकको लाश अस्पतालमा राखिएको र त्यसबारेमा आफुहरुले त्यहाँ स्थित नेपाली राजदूतवासमा जानकारी गराउने कोसिस गरको बताए । उनको मृत्यु भएको तीन दिन बितिसक्दासम्म पनि लाश ल्याउने काममा समेत सरकारी निकायको पहल नपुग्नुले राज्य विहिनताको महसूस गराएको पीडा त्यहाँ कार्यरत नेपालीहरुले सुनाएका छन ।

हरपल नेपाललाई घटनाको विषयमा सूचना प्राप्त भएपछि सम्बन्धीत मेनपावर कम्पनी, रोजगार विभाग र मन्त्रालयका साथै पिडित परिवारसँग समेत हामीले जानकारी मागेपनि सम्बन्धीत निकायहरु बेखबर भएको पाइयो, भने पीडित परिवारसँग सम्पर्क हुन सकेन ।

हामीले अक्सफोर्ड इन्टरनेशनलका सञ्चालक, व्यवसायी ईश्वर जिसीलाई उक्त घटनाको विषयमा जानकारी माग्न खोज्दा समयमै फोन उठेन । उनी नैपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव समेत हुन । उनले त्यो घटनाको बारेमा जानकारी लिएर शव ल्याउन र पीडितलाई न्याय दिलाउन सघाउँने बताएका छन ।

उक्त मेनपावर कम्पनिका पब्लिक रिलेसन म्यानेजर लक्ष्मण अर्यालले हरपलसँगको कुराकानीमा उक्त घटनाबारे अनभिज्ञता प्रकट गर्दै भर्खरै मात्र त्यो सूचना आफुले पाएको बताए ।

श्रम तथा रोजगा मन्त्री फरमुल्लाह मंसुरले मन्त्रालयले वैदेशीक रोजगारमा गएका नेपालीको मृत्यु भएको अवस्थामा पहिले उनको घटनाबारे दूतावास मार्फत बुझ्न निर्देशन दिने र शव नेपाल पर्याउने काममा पहल गर्ने बताएका छन ।

उनले मृतक परिवारले रोजगार वोर्डबाट सात लाखको क्षतिपुर्ति खर्च, १५ लाखको जीवन विमा र बाल बालिकाको लागि शिक्षा छात्रावृती पाउने भन्दै त्यसका लागि आफुले पनि पहल गरिदिने बताए ।

साउदीको अजमल सप्लायर्स कम्पनिको नाममा रोजगार भिषामा गएका ति युवा हाल सिफा भन्ने ठाउँमा रहेको ईन्नोभेटिभ फुड ( Shawarmer restaurant ) कम्पनिमा कार्यरत थिए ।