चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानको अध्यक्षमा खनाल

वन्यजन्तुको संरक्षणका लागि युवा परिचालनमा जोड

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाको एक नम्बर वाडाको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान उपसमितिको अध्यक्षमा प्रवल खनाल निर्वाचित भएका छन ।

उक्त अभियानका अध्यक्ष जनार्दन योगीको उपस्थितिमा आज डुम्म्रेनी स्थित जन चाहना निम्न माध्यामिक विद्यालयको हलमा आयोजित एक भेलाले खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो।

उक्त भेलाले खनालको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको छ । अध्यक्षमा निर्वाचित भएका खनाल डुम्म्रनीका स्थानीयवासी युवा हुन । उनी हाल अध्ययनका क्रममा रहेका छन ।

उक्त समितिको उपाध्यक्षमा चक्र विक, सचिवमा हेमराज गिरी, सह कोषाध्यक्षमा छत्र कुमार चौधरी र सदस्यहरुमा युवराज तिमिल्सेना, सिलास जोशी, राज चौधरी, खुशिरामा थारु, चन्द्र भण्डारी लगायत निर्वाचित भएका छन ।

सो भेलाले मध्यवर्ति क्षेत्र अन्तर्गत पर्ने डुम्रेनी, सिंहवाहीनी, रानीपुर, कर्मला, आम्वासा, मढेला, शिवपुर, बनखेत, ठाकुरद्धारा लगायतका सबै ठाउँमा वन्यजन्तुबाट हुने नोक्सानीको उचित क्षतिपूर्ति र नियन्त्रणका तथा वन्उजन्तुको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

उक्त कार्यक्रममा चोरी निकासी अभियानका अध्यक्ष जनार्दन योगी, उपाध्यक्ष गोकर्ण शाह, क्रान्तिकारी पत्रकार महासंघ बर्दियाका अध्यक्ष आयुष न्यौपाने, रामनगर उपभोक्ता समितिको महिला अध्यक्ष लक्ष्मी शाही लगायतको विशेष उपस्थिति रहेको थियो ।