सरकार बचाउन समर्थन दिएको अध्यक्ष कमल थापाको भनाइ

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् ।

बुटवलमा आज बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको बताएका हुन् ।

निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो । उनले सरकारलाई अप्ठेरो पार्न बाम एकता भएको बताउँदै अब लोकतन्त्रावादीहरुको एकताका लागि निर्वाचनमा काँग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिए ।

उनले भने-‘लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।’दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उनले बताए ।’

मंसिरमा निर्वाचन सम्पन्न भएसँगै हिन्दु राष्ट्रको विषयमा पनि जनमत संग्रह हुनुपर्ने उनको तर्क थियो ।रासस