संसदवादी दलहरुको चिरफार-यस कारण मुठ्ठीमा मतदान

देजमोको मुख्य एजेन्डा–जनवादी व्यवस्था

लेखक-रामसिंह श्रीस

अहिले जुन संघीय र प्रदेश स्तरको चुनाव हुन गईराखेको छ, त्यसमा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धामा अगाडि बढिरहेका छन् । यसमा मुख्य गरेर नेपाली काँग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक गठबन्धन र एमालेले नेतृत्व गरेको वाम गठबन्धन भनेर दुईवटाको चर्चा बढि आईरहेको छ, तर यथार्थमा यिनिहरु वाम गठबन्धन भने होईनन्, किन होईन भन्दाखेरी उनिहरु वाम पन्थि शक्तिहरु नै होईन् । अहिलेको यो व्यवस्था भनेको प्रतिकृयावादी व्यवस्था हो, त्यो प्रतिकृयावादी व्यवस्थालाई खतम गर्ने र एउटा नँया जनताको जनवादी व्यवस्था स्थापना गर्ने शक्ति यिनिहरु होईनन् । त्यहि प्रतिकृयावादी व्यवस्थालाई बलियो बनाउने, मजबुद बनाउने र यसैमा सुधारका कार्यहरु गर्ने दिशामा यिनिहरु अगाडि बढिरहेका हुनाले त्यो शक्ति वाम पन्थि शक्ति होईन । जहाँसम्म प्रजातान्त्रिक शक्ति भनेर भनिएको छ, यो त झन एकदम प्रतिकृयावादी, प्रतिगमनकारी शक्तिहरुसँग मिलेर पश्चगमन दिशामा बढीराखेको छ । पहिलो कुरा यो शक्तिबाट पनि मुलुकले निकास पाउन सक्दैन । हुन त मुख्यगरी यि दुईवटा शक्ति नै प्रतिस्पर्धामा देखिन्छन तर यिनिहरुले वर्गिय मुक्तीको एजेन्डा नबोकेकाले यिनिहरुबाट देशको, जनताको सबै समस्या समाधान हुन सक्दैन । दोस्रो कुरा के हो त भन्दा उनिहरुलाई हामिहरुले मनोगत रुपमा आरोप लगाउनु भन्दा पनि उनिहरुको व्यवहारलाई हेरेर मूल्याङ्कन गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले २०४६ सालदेखि निरन्तर सरकारमा छन्, नभएपनि प्रतिपक्षमा छन् । २०६४ साल देखि नेकपा माओवादी केन्द पनि त्यहि अभियानमै छ । अहिले संघिय र प्रदेशिक स्तरको चुनाव हुन गईराखेको छ, तसर्थ यसबारे चर्चा गर्नु आवश्यक देखिन्छ ।

पटक पटक सत्ताँमा रहेको अवधिमा संसदवादी दलहरुले नेपाली जनतालाई के गरे, के दिए, राष्ट्रलाई के दिए ? के गरे यो मुलुकलाई ? यो सबै जनताका अगाडि छर्लङ्गै छ । यहि अवधिमा उनिहरुले अपरकर्णाली अनि त्यसपछि विप्पा सम्झौंता लगाएतका थुप्रै राष्ट्रघाती सम्झौंताहरु गरेका छन्, यिनिहरुले जनताको लागि केहिपनि गरेको देखिन्न ।

पटक पटक सत्ताँमा रहेको अवधिमा उनिहरुले नेपाली जनतालाई के गरे, के दिए, राष्ट्रलाई के दिए ? के गरे यो मुलुकलाई ? यो सबै जनताका अगाडि छर्लङ्गै छ । यहि अवधिमा उनिहरुले अपरकर्णाली लगाएत अनि त्यसपछि गएर विप्पा सम्झौंता लगाएतका थुप्रै राष्ट्रघाती सम्झौंताहरु गरेका छन्, यिनि शक्तिहरुले जनताको लागि केहिपनि गरेको देखिन्न । यहि अवधिमा उनीहरुले मजदुरहरुको हक, अधिकार थप्ने भन्दा पनि त्यस्तो कानुन बनाएर अगाडि पेस गरिराखेछन् । ‘नो ओर्क नो पे’ को कानुन बनाएर पूँजीपति वर्गको पक्षमा यीनिहरु उभिएछन्, उनिहरुले त्यसको लागि काम गरिराख्या छन् । किसानहरुमा कुनै किसीमको सुविधा दिने केहि काम गरिराख्या छैनन् । किनकि नेपाल भनेको हाम्रो कृषि प्रदान देश हो र नेपालमा रोजगार नपाएर आज लाखौँ नेपाली युवाहरु जो राष्ट्रको लागि उर्जाशिल शक्ति पनि हो, सबै आज विदेशमा गैराख्या छ, र देश रेमीटा«न्समा अगाडि बडिराख्या छ । यो भनेको सबैभन्दा अप्ठायारो स्थीति हो, सबैभन्दा खराब स्थीति हो, त्यस कारणले यो काम कल्ले गर्यो भन्दा हिजो पञ्चायति व्यवस्थामा त राजालाई देखाइन्थ्यो त्र अहिले सत्ताँ चलाउने शक्तीहरु नै मुख्य रुपमा छन । त्यसकारणले यिनिहरुको सबै गतिवीधि हेर्दाखेरि तिस तिस वर्षमा उनिहरुले राष्ट्र र जनताको पक्षमा खास केहि काम गरेनन् । उनिहरुले वास्तवमा जनविरोधि कार्यहरु गरेका छन्, राष्ट्र विरोधि कार्यहरु गरेका छन र उनिहरुले यो जुन किसीमको काम गरे त्यो चरित्रमा सुधार आउने काम गरेको देखिन्छ ।

देजमोले एउटा स्पष्ट कुरा के भनेको छ भने यो संविधान भनेको हिजोकै पञ्चायति व्यवस्था त्यसपछि आएर प्रतिकृयावादी व्यवस्था, बहूदलिय व्यवस्थाको निरन्तरता मात्रै हो भनेको छ । यहाँ कुनै पनि कुरा मुलभूत रुपमा परिर्वतन भएको छैन् र यो प्रतिगामि संविधानले नेपाली जनताका हक, अधिकारको रक्षा गर्न सक्दैन, त्यस कारण यो संविधानलाई खारेज गर्नुपर्छ र यसको ठाउँमा जनगणतान्त्रिक संविधान बनाउनुपर्छ । जनताको संविधान बनाउनुपर्छ भनेर आमूल परिर्वतको पक्षमा मौलिक रुपले फरक, एउटा विकल्प लिएर गएको कुरा हो र यो यर्थाथ हो ।

त्यसो हुनाले यिनले नयाँ चिज चाहि ल्याउछन् र उनिहरुले गर्छन भने कुनै आधार छैन् । अहिले पनि उनिहरुले निर्वाचनमा खास गरिकन जनतामा सोच्छ छवि, मन भएका राम्रा मान्छेलाई टिकट दिनु भन्दा पनि तस्करहरुलाई, डनहरुलाई, भ्रष्टहरुलाई निर्वाचनमा अगाडि बढाएका छन । एउटा ईमान्दार रुपमा देशको परिर्वतन गर्न लागेको मान्छेलाई उनीहरुले आफ्नै पार्टीभित्रबाट पनि अन्याय गरेका छन, असल र क्रान्तिकारीहरुलाई हतोत्साहित पार्ने काम गरेका छन उनीहरुको अमूल्यन गर्ने कामहरु भैराख्या छन । तसर्थ उनीहरुलाई जनताले चुनावमा कसरी पत्याउने ? हैन यस्तो शक्तिबाट फेरि देशको विकास हुन्छ ? जनताको हित हुन्छ ? यस्तो आशा गर्ने ठाउँ तिनिहरुमा कहि कतै छैन । यसै सन्दर्भमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पनि अहिले चुनाबमा अगाडि आईराख्या छ । यी सबैको भन्दा मौलिक कुरो हामीले उठाएका छौ, देजमोले जनतालाई जनवादी राज्य सत्ताँ दिने एजेनडा बोकेको छ । यो व्यवस्था प्रतिकृयावादी व्यवस्था हो, यो दलाल नोकरशाहि, पूँजिपतीहरु र सामन्तहरुको राज्य सत्ताँ हो भन्दै त्यसको व्यापक भण्डाफोर अभियान पनि सञ्चालन गरेको छ, यो जनताको अधिकारको आन्दोलनको पक्षमा छ । दलाल नोकरशाहि, पूँजिपतीहरु, सामन्त वर्ग भनेको यहाँका आम ९५ प्रतिशत घोषित पिडित नेपाली जनतालाई शोषण गर्ने वर्ग हो ।

अहिले तिनीहरुको सत्ताँ चलिराख्या छ, त्यसकाणले देशभक्त जनगणतान्त्रिक मोचले यो सत्ताँलाई प्रतिकृयावादी धन्दै यसलाई पूर्ण रुपमा धोस्त बनाउनु पर्छ र यसको ठाउँमा नयाँ जनताको जनवादी सत्ताँ स्थापना गर्नुपर्छ भनेर भनिराखेको छ । त्यस कारण संसदवादी राजनीतिक दलहरु र देजमोको चुनावी नीतिमा निकै ठूलो अन्तर रहेको छ । यि दुई वटामा सबभन्दा मूल अन्तर के छ भन्दा खेरि, अहिले जुन संविधान बनाईराख्या छन्, यसलाई यिनीहरुले यो संसारमा उत्कृष्ट संविधान, दक्षिण एसियाको उत्कृष्ट संविधान, हामिले सबै भन्दा उत्कृष्ट संविधान बनाएका छौँ र यसलाई कार्यान्वयन गर्छौँ भनेर अगाडि बढेका शक्तिहरु हुन्, यी वाम गठबन्धन भन्नेहरु तथा प्रजातन्त्रिक गठबन्धन भन्नेहरु । तर देजमोले एउटा स्पष्ट कुरा के भनेको छ भने यो संविधान भनेको हिजोकै पञ्चायति व्यवस्था त्यसपछि आएर प्रतिकृयावादी व्यवस्था, बहूदलिय व्यवस्थाको निरन्तरता मात्रै हो भनेको छ । यहाँ कुनै पनि कुरा मुलभूत रुपमा परिर्वतन भएको छैन् र यो प्रतिगामि संविधानले नेपाली जनताका हक, अधिकारको रक्षा गर्न सक्दैन, त्यस कारण यो संविधानलाई खारेज गर्नुपर्छ र यसको ठाउँमा जनगणतान्त्रिक संविधान बनाउनुपर्छ । जनताको संविधान बनाउनुपर्छ भनेर आमूल परिर्वतको पक्षमा मौलिक रुपले फरक, एउटा विकल्प लिएर गएको कुरा हो र यो यर्थाथ हो । यो हेर्दै जाउँ अब चुनाबको दैडानमा के के हुन्छ ।

संसदवादीहरुले चुनाबको दौडानमा विभिन्न खालका प्रलोभनहरु देखाउने, ठूला ठूला विकासका कुराहरु गर्ने, दुनियाभर गर्छु भन्ने भुट्टा गफ दिएर जनतामा भ्रमित पार्ने काम पनि गर्छन, देजमोले त्यसको भण्डाफोर गरेर जनतालाई सचेत पार्ने काम पनि चुनावी प्रचारको क्रममा लिएर गएको छ, यो असाध्यै राम्रो पक्ष हो । हैन यि सबै संसदवादी दलहरु सरकारमा थिए, छन अनि भोली विकास गर्ने कुरा गरेर किन जनतासँग भ्रम दिदैछन, आजसम्म यीनिहरुलाई विकास गर्न कल्ले छेक्या थियो र भोलीको झट्टो कुरा गर्दै छन, हामी सबै सचेत बन्नु पर्छ अब । यिनिहरुलाई काम गर्नका लागि देजमोले छेक्या त होईन्ज, नताले छेक्या त होईन, जनता त जहिले पनि विकास गर्न चाहन्छन, तर यीनिहरु जहिले पनि जनताको नाउँमा भष्ट्रचार गर्थे र त भष्ट्रचार आज संस्थागत रुपमा विकास भएको छ । तपाईहरुले प्रत्येक जनतालाई हेर्नुहोस् सानोदेखि सानो कामहरु लिएर कुनै पनि ठाउँमा दलालहरुलाई नपुग्नेसम्म, त्यहाँ घुस नखुवाएसम्म कहि पनि काम हुन सक्दैन । यो भष्ट्रचारलाई संस्थागत गर्ने यहि वाम गठबन्धन भन्नेहरुले अनि त्यसपछि प्रजातन्त्रिक गठबन्धन भन्नेहरुले नै हो । त्यसैले उनीहरुले भष्ट्रचारलाइ निरमूल गर्छन भनेर सोच्नु भनेको दिवा सपना हो ।

त्यसो भएको हुनाले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले सबै भष्ट्रचारहरुलाई र्निमूल पार्न, भष्ट्राचारको विरुद्ध दुई वटा कुरा गर्नुपर्छ । एउटा भष्ट्राचार गर्नेहरुलाई चाही कडा कानुनको व्यवस्था गर्नुपर्छ, नेपालको कानुननै अत्यन्तै उल्टो छ, जस्ले भष्ट्राचार गर्यो, उसलाई अनेक तहरले उम्क्याउने, उनिहरुलाई सु्रक्षित हुन दिने खालको छ । त्यसकारण पहिलो कुरा कडा कानुनी व्यवस्था गर्नुपर्छ र दोस्रो कुरा भष्ट्राचारीहरुलाई कडा कानुनी कारबाही गर्नुपर्छ । अनि त्यसले मात्र भष्ट्राचारलाई र्निमूल गर्न रोक्न सम्भव हुन्छ । तर जसले भष्ट्राचारलाई विरोध गर्यो त्यहि यहाँ अपराधि घोषित भै दिन्छ, यो बडा विडम्बनाको कुरा छ । यहाँ सांसदहरुको पार्टीले भष्ट्राचारलाई जोगाउने काम गरिरहेको छ, अहिले उनीहरुले नै र्निमूल गर्छु भन्दा यो पत्याउने खालको कुरा होइन । हो त्यसो भएको हुनाले देशको निम्ती, आम नेपाली जनताहरुको निम्ती र भष्ट्राचारको विरुद्ध उठ्र्ने र त्यसको नेतृत्व गर्ने, भष्ट्राचारको विरुद्ध अंग्रिम गतिमा आएर लड्ने भनेको देजमो नै हो । त्यसो भएको हुनाले यी मूख्य कुरा हुन् र अहिले आएर चुनावमा चुनावी नाराहरु, यी गुलिया विकासका कुराहरु वाईयात कुराहरु हुन् । उनीहरुले काम गर्नका लागि भनेको कुरापनि होइनन् ति । चुनाव आएपछि लगातर भैरखेका कुराहरु हुन् यि सबै र त्यसरी नै भैराख्या छन् । २०४६ सालदेखि यता लगातार चुनाव भाछ, चुनावमा उनिहरुले विकासका कुरा ल्याउछन् अनि त्यसपछि समाप्त हुन्छ ।

देजमोले यो संविधानलाई खतम पार्नका निम्ती, यसको आधारलाई कमजोर बनाउनका निम्ती, यो संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउनका निम्ती, भण्डाफोरक निती ल्याएर अगाडि बढेको हुनाले यो पनि आफैमा एउटा आन्दोलन हो, क्रान्तिको तयारी नै हो । संसार भरमा सहि एउटा क्रान्तिकारीहरुले आवाश्यता अनुसार कहिले चुनावको उपयोग गर्छन् त कहिले वहिष्कार गर्छन । तसर्थ अहिले अवस्थामा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र  देजमो नेपालले लिएको चुनावको क्रान्तिकारी उपयोगको नीति ठिक छ र समाजवादी व्यवस्थाको पक्षमा देशभरका जनताले देजमोको चुनाव चिन्ह मुठ्ठीमा मतदान गरेर व्यापक जनमत गर्नु पर्दछ ।

अर्को कुरा संसदीय व्यवस्था खारेजीको नाममा क्रान्तिकारी शक्तिले जहिले पनि चुनावको वहिष्कारको नीति नै लिनुपर्छ भन्ने मान्यता पनि गलत हुन्छ, कतिपय पार्टीहरुले हामीले लिएको चुनावको क्रान्तिकारी उपयोगको अर्थ र सारलाई बुझ्न नसक्दा त्यो कोणबाट पनि कुराहरु आएका छन । वास्तवमा चुनावमा सहभागी हुने, भाग लिने वा नलिने कुरा कार्यनीतिक प्रश्न हो, यो रणनीतिक प्रश्न नै होइन । यो व्यवस्था ठिक छ भनेर, यो व्यवस्थालाई मानेर, यो संविधानलाई मानेर देजमो चुनावमा गएको भए त्यो कोणबाट आएको चिन्तामा सत्यता हुने थियो, आधार हुन्थ्यो तर यो संविधानलाई खतम पार्नका निम्ती, यसको आधारलाई कमजोर बनाउनका निम्ती, यो संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउनका निम्ती, भण्डाफोरक निती ल्याएर अगाडि बढेको हुनाले यो पनि आफैमा एउटा आन्दोलन हो, क्रान्तिको तयारी नै हो । संसार भरमा सहि एउटा क्रान्तिकारीहरुले आवाश्यता अनुसार कहिले चुनावको उपयोग गर्छन् त कहिले वहिष्कार गर्छन । तसर्थ अहिले अवस्थामा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र पार्टी अन्तर्गतको देजमो नेपालले लिएको चुनावको क्रान्तिकारी उपयोगको नीति नै ठिक छ, र समाजवादी व्यवस्थाको पक्षमा देशभरका जनताले देजमोको चुनाव चिन्ह मुठ्ठीमा मतदान गरेर व्यापक जनमत गर्नु पर्दछ । यो उपयोगको नीतिलाई ठिक तरीकाले बुझ्ने र बुझाउने विषयमा सबै नेता कार्यकर्ताहरुको पनि महत्वपूर्ण भुमिका देखिएको छ ।

(लेखक श्रीस, नेकपा क्रान्तिकारी माओवादीको संचार विभाग प्रमुख र वर्गदृष्टि मिडिया प्रा.लि. का अध्यक्ष समेत हुन । उनी राजनीतिक विषयमा कलम चलाउने गर्दछन ।)